काठमाडौं। नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीका बीचमा टेलिफोन वार्ता भएको छ। आज परराष्ट्रमन्त्री ज्ञवालीले चिनियाँ समकक्षीसँग टेलिफोनमा कुराकानी गरेका हुन्।
चिनियाँ विदेश मन्त्रालयका सूचना विभागका उप–महानिर्देशक तथा प्रवक्ता झाओ लिचिआनले दुई समकक्षीबीच टेलिफोनमा कुराकानी गरेको पुष्टि गर्दै ट्वीट गरेका छन्।
टेलिफोन वार्तामा ज्ञवालीले नेपाल सधै चीनको साथमा रहेको बताएका थिए। त्यसैगरी, वाङ यीले नेपालको राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले चीनका राष्ट्रपति सीच चीनपिङलाई शोक पत्र पठाएको स्मरण गरेका थिए।
चीनको वुहानवाट फैलिएको कोरोना संक्रमणका कारण चीनमा मात्रै हिजाेससम्म तीन हजार १४० जनाको मृत्यु भएको छ भने ८० हजार नौ ९२४ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ।
झाओ लिचिआनले ट्वीटमा लेखेका छन्, “चीनमा महामारी एकदमै कठोर भएको बेला नेपाल सरकारले सल्यचिकित्सा सर्जिकल मास्कहरू चीनमा दान गर्याे। यसले हिमालयसम्म फैलिएको चीन र नेपालको पारम्परिक मित्रतालाई पूर्ण रूपमा प्रतिविम्बित गर्दछ। चिनियाँहरुले यसलाई सधैं सम्झिरहने छन्।”
झाओ लिचिआन ट्वीटरमा बढी मुखरित हुने चिनियाँ कूटनीतिज्ञमा पर्छन्। ट्वीटरमा उनका करीब दुई लाख ७० हजार फलोअर्स छन्।
" /> काठमाडौं। नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीका बीचमा टेलिफोन वार्ता भएको छ। आज परराष्ट्रमन्त्री ज्ञवालीले चिनियाँ समकक्षीसँग टेलिफोनमा कुराकानी गरेका हुन्।चिनियाँ विदेश मन्त्रालयका सूचना विभागका उप–महानिर्देशक तथा प्रवक्ता झाओ लिचिआनले दुई समकक्षीबीच टेलिफोनमा कुराकानी गरेको पुष्टि गर्दै ट्वीट गरेका छन्।

">