ब्याडमिन्टनको विश्व वरीयतामा प्रिन्सको फड्को, विश्वका सातौं उत्कृष्ट खेलाडीमा दर्ज

काठमाडौं। युवा स्टार प्रिन्स दाहालको उडान कायमै रहेको छ। प्रिन्सले ब्याडमिन्टनको विश्व वरीयतामा सातौं स्थानमा पुग्न सफल भएका छन्।

विश्व ब्याडमिन्टन संघले जारी गरेको नयाँ वरीयतामा प्रिन्स जुनियरतर्फ सातौं स्थानमा पर्न सफल भएका हुन्। यसअअघि दशौं स्थानमा रहेका प्रिन्सले तीन स्थान फड्को मारेका हुन्। विश्व वरीयताको सातौं स्थानमा पर्ने प्रिन्स पहिलो नेपाली खेलाडी हुन्।

१६ वर्षे प्रिन्सले जर्मनीमा सम्पन्न योनेक्स जर्मन जुनियर इन्टरनेशनल सिरिस–२०२० मा अन्तिम–१६ मा स्थान बनाउन सफल भएका थिए। लगातार तीन जित निकालेका प्रिन्स अन्तिम–१६ मा फ्रान्सका यानिस गउदिनसँग २–१ को सेटमा पराजित भएका थिए।

जुनियर तर्फको शीर्ष वरीयतामा फ्रान्सका क्रिष्टो पोपोभ छन्। दोस्रो स्थानमा भारतका मेइरबा लुवाङ छन् भने तेस्रो स्थानमा मलेसियाका कोक जिङ होङ रहेका छन्।

प्रतिक्रिया दिनुहोस्