काठमाडौं। थाइल्यान्ड उड्नुअघि नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र प्रशिक्षक जगत टमाटाले एकै स्वरमा भनेका थिए- ‘हामी च्याम्पियन बन्ने हो।’
तुलनात्मक रूपमा कमजोर आँकेका प्रतिद्वन्द्वी भएर पनि होला, कप्तान र प्रशिक्षक दुबैले प्रतियोगिताअघि ‘च्याम्पियन’ बन्ने दाबी गरेका थिए। दुबैमा बलियो आत्मविश्वास पनि देखिन्थ्यो। क्रिकेट प्रेमीहरूको विश्वास पनि त्यही थियो।
तर, नेपालको त्यो आत्मविश्वास थाइल्यान्डमा सम्पन्न एसीसी ट्वान्टी–२० इस्टर्न रिजनमा देखिएन। मैदानभित्र नेपालको बलिङ र ब्याटिङ दुबै कमजोर देखियो। अझ भन्दा मैदानमा नेपाली टोली निरीह देखियो। फलस्वरूप एशिया कपको खुड्किलो मानिएको यस प्रतियोगिता नेपालका लागि सहभागितामै सीमित बन्यो। र, शीर्ष दुईभित्र पनि अट्न नसकेर नेपाल प्रतियोगिताबाट बाहिरियो।
यो प्रतियोगिताभर सिनियर खेलाडी फ्लप भए। आश गरिएका युवा खेलाडीले पनि आफूलाई प्रमाणित गर्न सकेनन्।
पहिलो खेलमा मलेसियाविरुद्ध अप्रत्यासित रूपमा २२ रनले पराजित भएपछि नेपाल दबाबमा पर्यो। अप्रत्यासित हारको दबाबले थिचिएको नेपाल हङकङसँग ४३ रनले पराजित भयो। लगातार दोस्रो हारसँगै नेपालको आश झिनो बन्दै गयो। तेस्रो खेलमा नेपालले थाइल्यान्डमाथि नौ विकेटको जित हात पार्यो। तर, सोही दिन सिंगापुरले हङकङलाई हराइदिएपछि नेपालको झिनो आशा पनि समाप्त भयो।
लगातार दुई खेल हारेपछि नेपालको पक्षमा नतिजा आउन हङकङले सबै खेल जित्नुका साथै आफैंले पनि राम्रो रनरेटमा नतिजा निकाल्नु पथ्र्यो। नेपाल यस्तै समिकरणमा यसअघि ‘भाग्यमानी’ सावित हुँदै धेरैपटक माथि उक्लिएको थियो। तर, यसपालि नेपालको पक्षमा त्यस्तो नतिजा आएन। नेपालको एशिया कप यात्रा पहिलो पाइलामै रोकियो। ‘च्याम्पियन टीम’ लज्जास्पद रूमा प्रतियोगिताबाट बाहिरियो।
तीन खेलमा कप्तान ज्ञानेन्द्र मल्ल (८४) र कुशल मल्ल (५५)ले मात्र ५० माथि रन बनाउन सफल भए। ब्याटिङमा नेपालको भरोसा मानिएका पारस खड्काले २२ रन मात्र बनाए। उपकप्तान दीपेन्द्रसिंह ऐरीले ४३, पवन सर्राफले ४७, आरिफ शेखले १५, आविनाश बोहरा र विनोद भण्डारीले समान १२ रन बनाउँदा करण केसीले नौ तथा सन्दीप लामिछानेले एक रन बनाए।
बलिङतर्फ सन्दीपले ६ विकेट लिए भने अविनाश र करणले समान चार विकेट लिए। सुशनको नाममा दुई विकेट रह्यो। भुवन कार्की र कुशलले एक–एक विकेट लिए।
क्रिकेटको कान्छो स्वरूप ट्वान्टी–२० नेपालका लागि नौलो होइन। किनभने पछिल्लो समय नेपाली खेलाडीले सबभन्दा धेरै क्रिकेट यही स्वरूपमा खेलेका छन्।
नेपालमा ट्वान्टी–२० स्वरूपका तीन फ्रेन्चाइज लिग छन्। अन्य स्थानीय प्रतियोगिता पनि प्रायः ट्वान्टी–२० कै स्वरूपमा हुन्छन्। तर, पनि नेपाली टीम पछिल्लो समय यही ट्वान्टी–२० क्रिकेटमा चुकिरहेको छ।
थाइल्यान्डमा एशिया कपको ढोका बन्द गरेको नेपालले त्यसअघि सिंगापुरमा पनि आईसीसी ट्वान्टी–२० विश्वकपको ढोका बन्द गरको थियो। दुबै प्रतियोगितामा नेपाल सहजै विजेता हुने अपेक्षा गरिएको थियो। तर, नतिजा ठ्याक्कै उल्टो आयो।
लगातार खराब नतिजाबाट गुज्रिएको नेपाली टीमलाई आखिर भयो के ?
‘जवाफ छैन’
नेपाली क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का टीम खराब लयबाट गुज्रिएको स्वीकार गर्छन्। तर किन यस्तो भइरहेको छ ? उनीसँग पनि ठ्याक्कै जवाफ छैन। “कसैलाई दोष दिने ठाँउ छैन।
हामीले स्वीकार गर्नुपर्छ, कि हामी राम्रो क्रिकेट खेल्न सकिरहेका छैनौं,” सिंगापुरविरुद्धको खेल टस नै नभई रद्द भएपछि पारसले क्रिकेटिङ नेपालसँग भनेका थिए, “कहाँनेर गल्ती भइरहेको छ, मसँग जवाफ छैन। राम्रो क्रिकेट खेलिरहेका छैनौं। पहिलो गल्ती त्यही नै हो।”
टीमकै महत्वपूर्ण सदस्य सन्दीप लामिछानेले भने खेलको योजना कमजोर भएको बताएका छन्। उनी भन्छन्, “योजना कमजोर भयो। योजना कार्यान्वयनमा पनि हामी एक, दुई बल ढिला भएका छौं। बलिङ परिवर्तनमा कहीँ कतै कमजोरी भएको छ। मिडियम पेस बलरको पनि कमी भए जस्तो लाग्छ। गल्ती जहाँ भएका छन्, त्यसमा होमवर्क गर्न हामी ढिलो हुँदैछौं।”
युवा खेलाडीले गुमाएको मौका
नेपाली क्रिकेटमा एउटा भनाइ छ– ‘पारस र ज्ञानेन्द्रको ब्याटिङ चले जित्छ, नचले हार्छ।’
क्रिकेट टीम गेम हो र टीमले नै राम्रो गर्नुपर्छ। पछिल्लो समय नेपाली टीममा युवा खेलाडीको बर्चस्व छ। थाइल्यान्ड भ्रमणमा अझ ज्ञानेन्द्र, पारस र विनोद मात्र सिनियर खेलाडी थिए। तुलनात्मक रूपमा ज्ञानेन्द्रले राम्रो खेले पनि सिनियर खेलाडी यस भ्रमणमा चल्न सकेनन्। यस्तो अवस्थामा युवा खेलाडीलाई प्रमाणित गर्ने मौका थियो। तर, युवा खेलाडीको प्रदर्शन झनै कमजोर रह्यो।
“टीममा भएपछि हामी सबैले जिम्मेवारी लिनुपर्छ। यस्तो मौका पाइँदैन। मौका पाएको बेला आफूलाई प्रमाणित गर्नुपर्छ,” प्रशिक्षक टमाटाले देखापढीसँग भने्, “खेलप्रतिको सम्मान कमै देखेँ। मलाई यो सब क्रिकेटले दिएको छ, त्यकारण मैले पनि क्रिकेटलाई दिनुपर्छ भनेर सोच्नुपर्यो।’
पारस, ज्ञानेन्द्रलगायत सिनियर खेलाडी आफ्नो करिअरको उत्तरार्धमा छन्। यस्तो अवस्थामा युवा खेलाडीले टीममा दमदार दाबेदारी प्रस्तुत गर्नुपर्ने हो। तर, नयाँ पुस्तामा त्यस्तो ‘भोक’ देखिएको छैन।
‘‘पारसको ब्याटिङमा टीम निर्भर रहेको प्रष्ट देखियो। नयाँ पुस्ताले जिम्मेवार सम्हाल्नेगरी प्रदर्शन गर्न सकेनन्,’’ नेपाली क्रिकेटलाई नजिकबाट नियालेका नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष एवं क्रिकेटका अन्तर्राष्ट्रिय रेफ्री देवेन्द्र सुवेदी भन्छन्, ‘‘कप्तानको जिम्मेवारीले ज्ञानेन्द्र दबाबमा देखिन्छन्। उनी जस्तो ब्याट्सम्यानले कमजोर भनिएका टीमविरुद्ध राम्रो गर्न सक्नुपर्थ्यो। पारस नचल्दा १५० माथिको स्कोर नेपाली टीमका लागि असम्भव जस्तो भयो।’’
खस्किएको मनोबल
नेपालले थाइल्यान्ड जानुअघि घरेलु मैदानमा आईसीसी क्रिकेट विश्वकप लिग–२ खेलेको थियो। अमेरिका र ओमान सम्मिलित एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा नेपालले मिश्रित नतिजा निकालेको थियो। तर, अन्तिम खेलमा अमेरिकाविरुद्ध कीर्तिमानी जित निकाल्दै शृंखलाको सुखद अन्त्य गरेको थियो। अन्तिम खेलमा हासिल गरेको त्यो आत्मविश्वास थाइल्यान्डसम्म टिक्न सकेन।
थाइल्यान्ड भ्रमणको टीममा रहेका एक सदस्य भन्छन्, ‘‘टीममा त्यस्तो समस्या केही देखिँदैन। तर, किन हो खोई खेलाडीमा मनोबल नै देखिएन। खेलाडीमा म गर्छु भन्ने इख नै देखिएन।’’
लामो समय नेपाली टीमबाट खेल्दै आएका लेग स्पिनर बसन्त रेग्मी पनि खेलाडीमा आफूप्रतिको विश्वासमा कमी देखिएको बताउँछन्। उनी भन्छन्, ‘‘क्रिकेट दिमागको खेल हो। त्यत्तिकै गएर बल फालेर, ब्याट घुमाएर मात्र हुँदैन। योजनाअनुसार खेल्नुपर्छ। हाम्रो खेलाडीमा प्रतिभा नभएको होइन। छ, तर आफ्नो क्षमतामा विश्वास गर्नुपर्छ। माइण्ड सेटअफमा परिवर्तन गर्नुपर्छ।’’
बायाँ हाते लेग स्पिनर रेग्मीले थपे, ‘‘खेलाडी आफैंले जिम्मेवारी बहन गर्नुपर्छ। आफ्नो लागि आफैं गुरु बन्नुपर्छ। मै गुरु भन्ने भावना लिएर खेल्यो भने नतिजा हात पार्न सकिन्छ। सबभन्दा पहिला खेलाडीले आफूमा विश्वास गर्नुपर्छ। त्यो कमी देखिएको छ।’’
प्रशिक्षक टमटा पनि खेलाडी बलियो मनस्थितिमा नखेलेको स्वीकार गर्छन्। उनी भन्छन्, “टीममा पर्ने सबै खेलाडीलाई म्यानेज्मेन्ट र छनोट समितिले विश्वास गरेर राखेको हो। उनीहरूले खेल देखाउनु पर्ने हो। सबैमा सम्भावना थियो तर, त्यो खेलमा देखिएन। माइन्ड सेटअपको कुरा हुन्छ। त्यसमा स्पष्टता देखिएन। समग्रमा हामीले राम्रो क्रिकेट खेलेनौं।’’
एक्सपोजरको कमी
हुन त नेपालमा सबभन्दा धेरै खेलिने क्रिकेटको स्वरूप हो, ट्वान्टी–२०। पछिल्लो समय नेपाली टीमको तालिका पनि व्यस्त छ। ट्वान्टी–२० स्वरूपकै तीन फ्रेन्चाइज लिग हुन्छन्। जहाँ विदेशी खेलाडीहरू पनि आएर खेल्छन्। एउटा टीममा कम्तीमा पनि तीन जना विदेशी खेलाडी हुन्छन्। उनीहरूसँग नेपालका युवा खेलाडीले ‘डेसिङ रुम सेयर’ गर्न पाएका छन्।
तर, जति खेलेका छन्, नेपालमा मात्र। नेपाल बाहिर खेल्ने भनेको प्रतियोगितामा मात्र हो। पछिल्लो समय नेपाली क्रिकेट टीमको ‘क्याम्प’ पनि बाहिर बसेको छैन। थाइल्यान्ड भ्रमण टीममा धेरै युवा खेलाडीको बर्चस्व थियो, जोसँग अन्तर्राष्ट्रिय खेल अनुभव पनि कमै थियो। र, नेपाल बाहिरको ‘कन्डिसन’मा उनीहरू अभ्यस्त छैनन्।
थाइल्यान्ड भ्रमणको टीममा रहेका ती सदस्यले भने, ‘‘हाम्रा खेलाडी जति खेले, नेपालमै खेले। यहाँ भन्दा बाहिरको कन्डिसनमा खेल्ने खेलाडी कमै छन्। हुन त टीम हारेपछि यो एस्क्युजको बहाना भन्ने हुनसक्छ। तर, कहीँ न कहीँ त्यसको असर पनि यस प्रतियोगितामा देखियो।’’
क्यानलाई मौका
लामो समयको खिचातानीपछि गत असोजमा नेपाल क्रिकेट संघ (क्यान)को नयाँ विधानअनुसार निर्वाचन भयो। चतुरबहादुर चन्द प्यानलले निर्वाचनमा ‘क्लिन स्विप’ गर्यो। क्यानमा त्यही समूह हावी भयो जुन समूहलाई अझै पनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पूर्ण विश्वास गरिसकेको छैन। क्यान नेतृत्वप्रति आईसीसी अझै पनि ‘पर्ख र हेर’को स्थितिमै छ।
संयोग, चन्द क्यानको नेतृत्वमा आएपछि नेपाली टीमको नतिजा भने विस्तारै खस्किइरहेको छ। हुन त नेपाली टीम आहिले पुस्तान्तरणको संक्रमणबाट गुज्रिरहेको छ। यो संक्रमणलाई राम्रोसँग व्यवस्थापन गर्नु अहिले क्यानको सबभन्दा ठूलो चुनौती हो।
तर, क्यान आफैंमा रुमल्लिइरहेको छ। यतिबेलासम्म क्यानलाई बाहना थियो– १३औं साग तथा त्रिदेशीय शृंखलाको तयारी र व्यवस्थापन। लामो समय शून्यतामा रहेका कारण कार्यालय तथा कर्मचारीको व्यवस्थापन हुनसकेको थिएन।
अब भने क्यानसँग कुनै बहाना गर्ने ठाँउ छैन। सबै कुरालाई थाती राखेर यो संक्रमणको समाधान गर्नुको विकल्प छैन। सबैतिरबाट प्रश्न उठ्ने अब क्यानलाई नै हो। खेलाडी तथा सरोकारवालाहरूले भनिसकेका छन्, ‘अब क्यान आएको छ। क्यानले गम्भीर भएर योजना बनाउनुपर्छ।’
नेपाली क्रिकेट टीमको लय तथा क्यान आफैंले गुमाएको विश्वास फर्काउन पनि नेतृत्वसामु राम्रो अवसर आएको छ।