काठमाडौं। १२ वैशाख २०७२ को भूकम्पमा झण्डै ९ हजारले ज्यान गुमाए।
गोरखा, धादिङ, काठमाडौंलगायतका जिल्लामा ठूलो धनजनको क्षति भयो। धेरै घरहरू भत्किए। काठमाडौंका पुराना घरमा अझै पनि टेको लगाइएको छ।
टेको लगाएर अड्याएको घरलाई भारत कलकत्ताका चित्रकार पृथ्वीले आफ्नो चित्रमा प्रस्तुत गरे। टेको लगाइएका घरको तस्वीर खिचेर त्यसमा उनले कलाकारिता भरेका छन्।
०००
.jpg)
मान्छेहरूका सपना असीमित हुन्छन्। तीमध्ये कति पूरा हुन्छन् कति अधूरै रहन्छन्। सपना पूरा नभए पनि मानिसहरू सपना देख्न छाड्दैनन्। देख्न छाड्न पनि हुँदैन।
त्यही सपनालाई नेपाली चित्रकार शौरगंगा दर्शनधारीले आफ्नो कलामार्फत् प्रस्तुत गरेकी छन्। चरा शीर्षकमा उनका उनका पाँचवटा चित्र प्रदर्शनीमा राखिएका थिए। ‘वाटर कलर’को प्रयोगमार्फत् चित्र कोरेकी उनले सपनालाई देखाउन चरासँगै जनावर लगायत प्रयोग गरेकी छन्।
.jpg)
यस्तै चित्रकार पृथ्वी श्रेष्ठका पाँचवटा चित्र मार्फत् नेपाली पौवा तथा थांका चित्रलाई देखाइएको छ। चित्रमा मानिस र छायाँबीचको सम्बन्धलाई प्रस्तुत गरिएको उनको चित्रमा पनि ‘वाटर कलर’को प्रयोग गरिएको छ।
‘म र मेरो छायाँ’ शीर्षक दिएका पृथ्वीका चित्रमा छायाँ मानिसको प्रतिबिम्बको रूपमा प्रस्तुत गरिएको छ। मानिस जीवित रहँदासम्म छायाँ पनि आफूसँगै रहने उनको विश्लेषण छ।
विभिन्न देशका आठ चित्रकारको चित्र बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा ‘नाव देयर’ शीर्षकको कला प्रदर्शनीमा राखिएको थियो।
प्रदर्शनीमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान र स्विजरल्याण्डका चित्रकारको सहभागी थियो।
.jpg)
प्रदर्शनीमा परम्परागत पौवा चित्रमार्फत् दर्शकलाई फरकपनको अनुभूति गराउने प्रयास गरिएको प्रदर्शनीका संयोजक पृथ्वी श्रेष्ठले बताए।
प्रदर्शनीमा सिमा कोहलीका १४ वटा, शौरगंगा दर्शनधारीका पाँच, महाबुबर रहमानका दुई, मारिय वासिमका ६, वासिम अहमदका दुई, तयेबा बिगुम लिपिका पाँच, पृथ्वीका एक, पृथ्वी श्रेष्ठका पाँच गरी ४० वटा चित्र राखिएका थिए।
पौभा र थाङ्का चित्रको विकासका लागि योभन्दा पहिले भारतमा प्रदर्शनी गरिएको थियो। २३ जनवरीदेखि २८ फेब्रुअरीसम्म भारतमा प्रदर्शनीमा राखिएको थियो।
अब पाकिस्तान, बंगलादेश हुँदै स्विजरल्याण्डमा प्रदर्शनीका लागि राखिने श्रेष्ठको भनाइ छ।
" /> काठमाडौं। १२ वैशाख २०७२ को भूकम्पमा झण्डै ९ हजारले ज्यान गुमाए।गोरखा, धादिङ, काठमाडौंलगायतका जिल्लामा ठूलो धनजनको क्षति भयो। धेरै घरहरू भत्किए। काठमाडौंका पुराना घरमा अझै पनि टेको लगाइएको छ।

">