काठमाडौं। भारतको अयोध्यामा राम मन्दिर बनाउनको लागि जनकपुरबाट इँटा पठाउने तयारी भएको छ। भारतको उत्तर प्रदेश राज्यअन्तर्गत पर्ने अयोध्यालाई रामको जन्मभूमि मानिन्छ।
“अध्योध्यामा बन्न लागेको राम मन्दिरको लागि जनकपुरबाट इँटा पठाउने तयारी गरेका छौं”, पर्यटन वर्ष २०२० का संयोजक सुरज वैद्यले देखापढीसँग भने, “अयोध्या र जनकपुरबीच पुरानो सम्बन्ध छ। त्यही सम्बन्ध स्वरूप हामीले इँटा पठाउने तयारी गरेका हौं।”
धनुषामा रहेको जनकपुर भगवान रामको ससुरालीको रूपमा चिनिन्छ। त्रेता युगमा भगवान रामले राजा जनकको दरबारमा धुनष उचालेपछि जनककी छोरी सीताको विवाह रामसँग भएको हिन्दू धार्मिक ग्रन्थहरूमा उल्लेख छ।
राम मन्दिर निर्माणको लागि नेपालले इँटा पठाउँदा त्यसको ऐतिहासिक महत्त्व रहने वैद्यले बताए। “आगामी २२ मार्च (९ चैत)मा उत्तर प्रदेश जाने कार्यक्रम तय भएको छ। त्यही बेला त्यहाँका मुख्यमन्त्रीसँग भेटेर नेपालबाट पठाइएको इँटा कहाँ प्रयोग गर्ने भन्ने टुङ्गो लाग्छ”, वैद्यले भने।
भारतको सर्वोच्च अदालतले अध्योध्याको विवादित भूमि राम मन्दिरको भएको फैसला गरेपछि त्यहाँ राम मन्दिर बनाउने तयारी भारत सरकारले गरेको छ।
नेपालबाट पठाइएको इँटा राम मन्दिरको जगमा राख्न प्रयास गर्ने वैद्यले बताए। नेपालले शुरूमा दुई ट्रक इँटा पठाउने तयारी गरेको छ। वैद्य उत्तर प्रदेशको भ्रमणबाट फर्किएपछि इँटा कहिले पठाउने भन्ने टुङ्गो लाग्नेछ।

राम मन्दिर बनाउनको लागि ट्रष्ट बनाउन अदालतले दिएको निर्देशनअनुसार केन्द्र सरकारले ट्रष्ट गठन गरेर राम मन्दिर बनाउने काम थालनी गरेको छ।
राम मन्दिर निर्माणको शिलान्याश कहिले गर्ने भन्ने अहिलेसम्म टुङ्गो लागिसकेको भने छैन। राम नवमीको अवसर पारेर उक्त मन्दिर निर्माणको थालनी हुन सक्ने भारतको उत्तर प्रदेश सरकारले बताउँदै आएको छ।
राम नवमीलाई भगवान रामको जन्मदिनका रूपमा लिइन्छ। यसअघि भारतीय गृहमन्त्री अमित साहले झारखण्डमा सभालाई सम्बोधन गर्दै चार महीनामै राम मन्दिर बनाइसक्ने बताएका थिए।
" /> काठमाडौं। भारतको अयोध्यामा राम मन्दिर बनाउनको लागि जनकपुरबाट इँटा पठाउने तयारी भएको छ। भारतको उत्तर प्रदेश राज्यअन्तर्गत पर्ने अयोध्यालाई रामको जन्मभूमि मानिन्छ।“अध्योध्यामा बन्न लागेको राम मन्दिरको लागि जनकपुरबाट इँटा पठाउने तयारी गरेका छौं”, पर्यटन वर्ष २०२० का संयोजक सुरज वैद्यले देखापढीसँग भने, “अयोध्या र जनकपुरबीच पुरानो सम्बन्ध छ। त्यही सम्बन्ध स्वरूप हामीले इँटा पठाउने तयारी गरेका हौं।”

">