जथाभावी रंग दल्ने र हाे-हल्ला गर्ने १०३ जना नियन्त्रणमा <p>कैलाली। होलीमा जथाभावी रंग दल्ने र हो-हल्ला गर्ने १०३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।</p> <p>यस्तै मदिरा सेवन गरी सवारीसाधन चलाएको र ट्राफिक नियम उल्लङघन गरेको भन्दै ५६ वटा मोटरसाइकल, पाँचवटा अटो रिक्सा, एक कार, एक बसलाई नियन्त्रणमा लिइएकाे कैलाली प्रहरीले जनाएकाे छ।</p> <p>होलीलाई लक्षित गर्दै हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गरी सुरक्षा व्यवस्थामा कडाइ गरेकाे कैलाली प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्