काठमाडाैं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर-कलंकी सडकखण्डमा लेन प्रयोगसम्बन्धी नयाँ नियम लागू गर्ने भएको छ। महाशाखाले आज प्रेस विज्ञप्ति जारी गर्दै २ चैतदेखि लागू हुने गरी नयाँ नियम शुरू गर्ने भएको हो।
उपत्यकाको सवारी आवागमनलाई सहज बनाउन र सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले लेन प्रयोगको नयाँ नियम शुरूआत गर्न लागेको प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।
अब लागू हुने नियमानुसार यात्रुवाहक तथा मालवाहक र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ सर्भिस लेनबाट र निजी तथा साना सवारीसाधनहरू सधैं दाहिने मुख्य लेनबाट मात्र चलाउन पाउनेछन्।
“यो सडक व्यवस्थित र सुविधायुक्त छ, यात्रुवाहक, मालवाहक र बिस्तारै गुड्ने गाडीहरू बायाँ लेनबाट र साना हलुका र द्रुत गतिमा गुड्ने सवारीसाधन दाहिने लेनबाट चल्ने अन्तर्राष्ट्रिय अभ्यास समेत छ”, महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले भने, “यो नियम कार्यान्वयन गर्दा सडक अनुशासन कायम हुने र दुर्घटना न्यूनीकरण हुने अपेक्षा गरिएको छ।”
उक्त सडक खण्डलाई व्यवस्थित गर्न ट्राफिक नियमको पालना, सडक अनुशासन र सडक सभ्यता अभिवृद्धि हुने र ट्राफिक नियमको पालन गर्ने प्रवृत्तिको समेत विकास हुने हुँदा यसको प्रभावकारी कार्यान्वयन गर्नका लागि सम्बन्धित सरोकारवाला निकाय र संघसंस्था, यातायात सञ्चालक र व्यवसायीहरू, नागरिक समाजसँग छलफल गरिसकेको छ।
देशकै पहिलो १० किलाेमिटर लम्बाइ भएको आठ लेन सडकमा लेन अनुशासन पालना नहुँदा मासिक ८५ को हाराहारीमा सडक दुर्घटना हुने गरेको छ।
सवारीसाधनहरूले जथाभावी लेनको प्रयोग गरी सवारी चलाउने तथा लेन परिवर्तन गर्ने, लुकिङ्ग ग्लास र साइड लाइटको प्रयोग नगरी जथाभावी ओभरटेक गर्ने, तोकिएको गतिभन्दा तीव्र गतिमा सवारी चलाउने लगायतका असावधानीले दुर्घटनाको जोखिम बढेकाे ट्राफिक महाशाखाले जनाएको छ। त्यसैले त्यस्ता सडकमा गुड्ने सवारी र सडकको अवस्था हेरी सुरक्षित तरिकाले निर्धारित लेनमा तोकिएको गतिमा मात्र सवारी चलाई सुरक्षित आवागमन हुने महाशाखाकाे भनाइ छ।
महाशाखाले उक्त सडकखण्डमा मुख्य लेनमा ५० किलाेमिटर प्रतिघण्टा र सर्भिस लेनमा २० किलाेमिटर प्रतिघण्टाको दरले गति निर्धारण गरेको छ।
यसअघि नै महाशाखाले जडीबुटी-सूर्यविनायक सडक खण्डमा लेन प्रयाेगसम्बन्धीकाे नयाँ नियम पूर्णरूपमा कार्यान्वयन गरिसकेको छ।
" /> काठमाडाैं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर-कलंकी सडकखण्डमा लेन प्रयोगसम्बन्धी नयाँ नियम लागू गर्ने भएको छ। महाशाखाले आज प्रेस विज्ञप्ति जारी गर्दै २ चैतदेखि लागू हुने गरी नयाँ नियम शुरू गर्ने भएको हो।उपत्यकाको सवारी आवागमनलाई सहज बनाउन र सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले लेन प्रयोगको नयाँ नियम शुरूआत गर्न लागेको प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।

">