जीपबाट खस्दा कैलालीमा एकजनाकाे मृत्यु
<p>कैलाली। कैलालीको घोडाघोडी-५, शीतलपुरमा जीपबाट खस्दा एकजनाको मृत्यु भएको छ।</p>
<p>मृत्यु हुनेमा अछाम रामारोशनका २६ वर्षीय एकेन्द्रबहादुर बटाला रहेको प्रहरीले जनाएको छ।</p>
<p>से १ च १०३४ नम्बरको जीपको ढोकाबाट खसेर बटालाको मृत्यु भएको कैलाली प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्
