कटुवा पेस्तोलसहित सिरहामा एकजना पक्राउ
<p>सिरहा। सिरहामा कटुवा पेस्ताेलसहित एकजना पक्राउ परेका छन्।</p>
<p>प्रहरी चौकी लकडीबाट खटिएको प्रहरी टोलीले सिराहा नगरपालिका-२१, लकडीगाेठबाट २२ वर्षीय मनोजकुमार साहलाई पक्राउ गरेकाे हाे।</p>
<p>उनको साथबाट प्रहरीले एकथान कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद् गरेको छ। थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ।</p>
<p> </p>
प्रतिक्रिया दिनुहोस्
