अवैध रकमसहित सिंगापुरका नागरिक पक्राउ
<p>काठमाडाैं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध अमेरिकी डलर र नेपाली रूपैयाँसहित सिंगापुरका नागरिकलाई पक्राउ गरेको छ।</p>
<p>अमेरिकी डलर र नेपाली रूपैयाँ लुकाइछिपाइ सिंगापुर जान लागेका ५७ वर्षीय टान घिम किओङलाई प्रहरीले पक्राउ गरेकाे हाे।</p>
<p>उनको साथमा रहेको झाेला जाँच गर्ने क्रममा ११ हजार २७७ अमेरिकी डलर तथा एकलाख २१ हजार ६१५ नेपाली रूपैयाँ फेला परेको प्रहरीले जनाएकाे छ।</p>
<p>उनलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन ललितपुर पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
