काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण कम्तीमा अर्को दुई सातासम्म स्पेनको दुई शीर्ष लिगका खेलहरू दर्शकबिनाकाे रंगशालामा खेलिने भएको छ।
स्पेनिस लिगमा भएको परिवर्तन आजबाट लागू हुनेछ। जसका कारण इबर र रियाल सोसिडाडबीचको खेल पनि दर्शकबिनाको रंगशालामा खेलिनेछ।
स्पेनका स्वास्थ्य मन्त्रालय र खेलकुद परिषद्को निर्देशनअनुसार ला लिगाले यस्तो निर्णय गरेको हो। १८ मार्चमा नोउ क्याम्पमा हुने बार्सिलोना र नापोलीबीचको च्याम्पियन्स लिग खेल पनि दर्शकबिनाको रंगशालामा हुने भएको छ।
“स्वास्थ्यका कारण निर्णयको कडाइका साथ पालना हुनेछ”, क्याटलुनियाका स्वास्थ्य प्रमुख जोन गुइजले भने।
च्याम्पियन्स लिगमा स्पेन र इटालीका क्लबबीच हुने अर्को च्याम्पियन्स लिगको खेल (भ्यालेन्सियाविरुद्ध एटलान्टा) पनि दर्शकबिनाको रंगशालमा खेलिनेछ। त्यस्तै युरोपा लिगमा सेभियाविरुद्धको एएस रोमा तथा गेटाफेविरुद्ध इन्टर मिलानबीचको खेल पनि दर्शकबिनाको रंगशालाबाट खेलिनेछ।
च्याम्पियन्स लगमा आजै राति हुने पेरिस सेन्ट जर्मन (पीएसजी) र बोरुसिया डर्टमण्डबीचको खेल पनि दर्शकबिनाको रंगशालामा खेलिनेछ।
कोरोना भाइरसका कारण इटालीमा सम्पूर्ण खेल गतिविधि स्थगित गरिएको छ।
" /> काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण कम्तीमा अर्को दुई सातासम्म स्पेनको दुई शीर्ष लिगका खेलहरू दर्शकबिनाकाे रंगशालामा खेलिने भएको छ।स्पेनिस लिगमा भएको परिवर्तन आजबाट लागू हुनेछ। जसका कारण इबर र रियाल सोसिडाडबीचको खेल पनि दर्शकबिनाको रंगशालामा खेलिनेछ।

">