काठमाडौं। हास्यकलाकार हरिवंश आचार्य नेपाल चलचित्र कलाकार संघको संरक्षकमा नियुक्त भएका छन्।
संघको कार्यसमिति बैठकले आचार्यलाई संरक्षकमा नियुक्त गरेको हो।
कलाकार नीर शाहले आफ्नो व्यस्तता बढेको भन्दै संरक्षकबाट राजीनामा दिएका थिए। २१ फागुनमा बसेको संघको बैठकले शाहको राजीनामा स्वीकृत गरेर आचार्यलाई नियुक्त गरेको हो।
संघको विधानको परिच्छेद-५ को दफा १८ उपदफा (क) अनुसार आचार्यलाई संरक्षकमा नियुक्त गरिएको संघका प्रवक्ता एवं उपाध्यक्ष मोहन निरौलाले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ।
संरक्षक आचार्यको पदावधी वर्तमान कार्यसमितिको कार्यकालसम्म रहनेछ।
आचार्य विगत ४ दशक भन्दा लामो समयदेखि नेपाली कला, संस्कृति, रंगमञ्च, नेपाली चलचित्र क्षेत्रको संरक्षण सम्वर्द्धनमा सक्रिय हुँदै आएका छन्।
अध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा बसेको बैठकले राजीनामा दिएका निवर्तमान संरक्षक शाहलाई धन्यवाद समेत दिएको छ।