चितुवाको आक्रमणबाट मृत्यु भएकी बालिकाकाे परिवारलाई १० लाख दिइने

बैतडी। चितुवाको आक्रमणबाट मृत्यु भएकी बालिकाको परिवारलाई १० लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरिने भएको छ।

आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले परिवारलाई राष्ट्रिय निकुञ्ज तथा वन संरक्षण ऎनअुनसार क्षतिपूर्तिबापत् साे बराबरकाे रकम प्रदान गर्ने निर्णय गरेकाे हाे।

५० हजार तत्काल र ९ लाख ५० हजार पछि दिइने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए।

आज बिहान ४ बजे आमा बाहिर गएका बेला ओछ्यानबाटै आठ वर्षीया सीता लुहारलाई चितुवाले घरबाटै तानेर लगेको थियो।

बालिकाको शव घरभन्दा ५०० मिटर टाढा फेला परेको थियो।

प्रतिक्रिया दिनुहोस्