काठमाडौं। नवयुगको श्रेष्ठको उत्कृष्ट प्रदर्शनमा त्रिभुवन आर्मी क्लबले आज संकटा क्लबमाथि ३-० को नतिजा निकाल्दै आहा रारा गोल्ड कपको सेमिफाइनलमा स्थान बनाएको छ।
पोखरा रंगशालामा विभागीय टीम त्रिभुवन आर्मीले १५औं मिनेटमा सुदिल राईको गोलमा अग्रता लिएको थियो। सुदिलले नवयुग श्रेष्ठको क्रसमा गोल गरेका थिए।
पहिलो हाफमा १-० को अग्रता लिएको थियो। त्रिभुवन आर्मीले दोस्रो हाफमा दुई गोल थपेको थियो।
७१औं मिनेटमा नवयुगले त्रिभुवन आर्मीको अग्रता दोब्बर बनाए। उनले विवेक बस्नेतको कर्नरलाई संकटाका गोलकिपर राजाबाबु थापाले राम्रोसँग क्लियर गर्न सकेनन्। त्यसमा विकास तामाङले हानेकाे उक्त बलले पोष्टको दिशा लिन सकेन। रिबाउन्डमा प्राप्त बललाई सुमन अर्यालले पनि प्रहार गरे तर, उक्त बललाई पनि संकटाका रक्षकले बचाए। राम्रोसँग क्लियर नभइसकेको बललाई नवयुग श्रेष्ठले पोष्टको दिशा दिए।
लगत्तै कप्तान भरत खवासले गरेको प्रहारले पोष्ट दिशा लिन सकेन। त्यस्तै ७३औं मिनेटमा सन्तोष तामाङले हानेको प्रहारलाई पनि संकटाका गोलकिपर राजाबाबुले मुस्किलले बचाए।
त्यसको दुई मिनेट बित्न नपाउँदै विवेकले अर्को गोल थप्दै त्रिभुवन आर्मीको जित पक्का गर्यो। सुदिल राईको स्थानमा मैदान प्रवेश गरेका वैकल्पिक खेलाडी विवेकले दायाँ भागबाट हानेको सशक्त प्रहार संकटाका गोलकिपर राजाबाबुले पञ्च गरेर बचाउने प्रयास गरेका थिए। तर, बलले आफ्नै पोष्टको दिशा थियो।
शहीद स्मारक ‘ए’ डिभिजन लिगको अन्तिम खेलमा मछिन्द्र क्लबसँग पराजित भएपछि उपाधिबाट वञ्चित भएको त्रिभुवन आर्मी क्लब सताक्षी गोल्डकपको फाइनल पनि मछिन्द्रसँग पराजित भएको थियो।
त्रिभुवन आर्मीले पोखरा जानुअघि राइनो गोल्डकपको उपाधि जितेको थियो। त्रिभुवन आर्मीले अब फाइनल प्रवेशका लागि मनाङ् मर्स्याङ्दी क्लबविरुद्ध खेल्नेछ। मनाङले झापा-११ लाई १-० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो।
" /> काठमाडौं। नवयुगको श्रेष्ठको उत्कृष्ट प्रदर्शनमा त्रिभुवन आर्मी क्लबले आज संकटा क्लबमाथि ३-० को नतिजा निकाल्दै आहा रारा गोल्ड कपको सेमिफाइनलमा स्थान बनाएको छ।पोखरा रंगशालामा विभागीय टीम त्रिभुवन आर्मीले १५औं मिनेटमा सुदिल राईको गोलमा अग्रता लिएको थियो। सुदिलले नवयुग श्रेष्ठको क्रसमा गोल गरेका थिए।

">