काठमाडाैं। बलिउड अभिनेत्री काजोल अभिनित चलचित्र ‘देवी’माथि चोरीको आरोप लागेको छ। एशियन एकेडेमी अफ फिल्म एन्ड टेलिभिजनका विद्यार्थी अभिषेक रायले आफ्नो सर्ट फिल्म ‘फोर’ सँग ‘देवी’को कथावस्तु मिलेको भन्दै चोरीको आरोप लगाएका हुन्।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो ‘थिम’ चाेरेको आरोप लगाएका हुन्। रायले दुई वर्षअघि अण्डा करी प्रोडक्सनमार्फत् सर्ट फिल्म ‘फोर’ बनाएका थिए।
उक्त फिल्ममा एक बलात्कारपीडितले अर्को पीडितकै सामना गर्नुपर्ने विषयवस्तु थियो। ‘देवी’ पनि त्यही कथावस्तुमा आधारित रहेको भन्दै रायले चोरीको आरोप लगाएका हुन्। उनले ‘देवी’का निर्माताविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेका छन्।
प्रियंका बनर्जीको लेखन तथा निर्देशन रहेको यो चलचित्रमा काजोलसँगै नेहा कुलकर्नी, नेहा धुपिया, श्रुति हसन, शिवानी राजवंशीलगायत कलाकारको मुख्य भूमिका छ।
" /> काठमाडाैं। बलिउड अभिनेत्री काजोल अभिनित चलचित्र ‘देवी’माथि चोरीको आरोप लागेको छ। एशियन एकेडेमी अफ फिल्म एन्ड टेलिभिजनका विद्यार्थी अभिषेक रायले आफ्नो सर्ट फिल्म ‘फोर’ सँग ‘देवी’को कथावस्तु मिलेको भन्दै चोरीको आरोप लगाएका हुन्।उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो ‘थिम’ चाेरेको आरोप लगाएका हुन्। रायले दुई वर्षअघि अण्डा करी प्रोडक्सनमार्फत् सर्ट फिल्म ‘फोर’ बनाएका थिए।

">