सशिन र दीपेशलाई ब्याडमिन्टन उपाधि

काठमाडाैं। ललितपुरका सशिन डङ्गोल र दीपेश शाक्यले बबिन स्मृति ब्याडमिन्टन दशौं संस्करणको उपाधि जितेका छन्।

योङ्गस्टार क्लब ललितपुरका शसिन र दीपेशको जोडीले आयोजकका विकास चन्द्र राई र यम रानाको जोडीलाई २१-१८, ११-२१, २१-१८ ले पराजित गर्दै उपाधि जितेका हुन्। विजेताले ४० हजार तथा उपविजेता २५ हजार रूपैयाँ पुरस्कार जिते।

योङ्गस्टार क्लबकै सुमन शाक्य र सुनिल शाक्यको जोडी तेस्रो भए। शाक्यको जोडीले १५ हजार रूपैयाँ जिते।

भेट्रान्स युगलतर्फको खेलमा एभरेष्ट ब्याडमिन्टन क्लबका डी.बी. लामा र नारायण श्रेष्ठले उपाधि जिते। लामा र श्रेष्ठको जोडीले २० हजार रूपैयाँ पुरस्कार जिते।

भेट्रान्स युगलतर्फको दोश्रो हुने पेप्सी क्लबका कृष्णराम थापा र सुरेन्द्र कटुवालको जोडीले १२ हजार तथा तेश्रो हुने वाणगंगा क्लबका देवेन्द्र दुलाल र खेमराज भट्टले आठ हजार रूपैयाँ पुरस्कार जिते।

प्रतिक्रिया दिनुहोस्