काठमाडौं। भूवन बस्नेतले इन्जुरी समयमा गरेको गोलमा सातदोबाटो युथ क्लबले आज शहीद स्मारक ‘बी’ डिभिजन लिगमा पुल्चोक स्पोर्ट्स क्लबलाई १-० ले पराजित गरेको छ। जितसँगै सातदोबाटो शीर्ष स्थानमा उक्लिएको छ।
सातदोबाटोको यो लगातार चौथो जित हो। जितसँगै सातदोबाटोले चार खेलबाट १२ अंक जोडेको छ। एक खेल कम खेलेको खुमलटार युथको ९ अंक छ।
पुल्चोक स्पोर्टस्को भने यो लगातार चौथो हार हो। पुल्चोक स्पोर्ट्सले अहिलेसम्म अंक जोड्न सकेको छैन।
सातदोबाटोका गोलकिपर टोपबहादुर रानाले दिएको लामो पासलाई विपक्षी गोलकिपर किरण क्षेत्री अगाडि बढेको अवस्थामा भूवनले हेडमार्फत् गोल गरेका हुन्।
आजै दोस्रो खेल बाँसबारी क्लब र रानीपोखरी कर्नर टीम (आरसीटी) बीच भइरहेको छ।
" /> काठमाडौं। भूवन बस्नेतले इन्जुरी समयमा गरेको गोलमा सातदोबाटो युथ क्लबले आज शहीद स्मारक ‘बी’ डिभिजन लिगमा पुल्चोक स्पोर्ट्स क्लबलाई १-० ले पराजित गरेको छ। जितसँगै सातदोबाटो शीर्ष स्थानमा उक्लिएको छ।सातदोबाटोको यो लगातार चौथो जित हो। जितसँगै सातदोबाटोले चार खेलबाट १२ अंक जोडेको छ। एक खेल कम खेलेको खुमलटार युथको ९ अंक छ।

">