काठमाडौं। भारतको काशीका दुर्गाप्रसाद श्रेष्ठले ‘नइ देरूनीख अन्तर्राष्ट्रिय पुरस्कार’ पाउने भएका छन्। नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा आज बसेको बैठकले श्रेष्ठलाई दुई लाख रूपैयाँ राशिको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

सात दशकदेखि नेपाली साहित्यमा समर्पित रहेर कथा, कविता, उपन्यास, समालोचना, निबन्ध लेखनका साथै अनुवादकका रूपमा समेत परिचित ८२ वर्षीय श्रेष्ठलाई सो पुरस्कार प्रदान गर्न लागिएको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए।

यो पुरस्कार नेपाली मूलका विदेशी नागरिकलाई प्रदान गरिन्छ।

१९९३ सालदेखि काशीबहादुर श्रेष्ठको प्रकाशन र सम्पादनमा भारतको वनारसबाट ‘उदय’ मासिकको प्रकाशन आरम्भ भएको थियो। सोही पत्रिकामा प्रा.डा. ईश्वर बरालले २००४ सालमा लक्ष्मीप्रसाद देवकोटालाई सर्वप्रथम महाकवि लेखेका थिए।

काशीबहादुर श्रेष्ठका जेठा छोरा दुर्गाप्रसाद श्रेष्ठबाट चार दशकअघिदेखि ‘उदय’ पत्रिकाको समेत निरन्तर सम्पादन र प्रकाशन हुँदै आएको छ।

दुर्गाप्रसाद श्रेष्ठले २०२० सालमा प्रदर्शित प्रथम नेपाली कथानक चलचित्र ‘आमा’ को पटकथा र संवाद लेखेका थिए। हिरासिंह खत्रीद्वारा निर्देशित ‘आमा’को उनी सहायक निर्देशक पनि थिए।

शताब्दी पुरुष डा. सत्यमोहन जोशीको १०१औं जन्मोत्सवका अवसरमा सो पुरस्कार दिइने सदस्यसचिव प्रसाईंले बताए। आगामी २९ वैशाख २०७७ मा ९ जना बालबालिकासमेत गरी २६ जनालाई १४ लाख रूपैयाँ पुरस्कार र ताम्रपत्रसहित नइ पुरस्कार प्रदान गरिन लागेको हो।

" /> काठमाडौं। भारतको काशीका दुर्गाप्रसाद श्रेष्ठले ‘नइ देरूनीख अन्तर्राष्ट्रिय पुरस्कार’ पाउने भएका छन्। नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा आज बसेको बैठकले श्रेष्ठलाई दुई लाख रूपैयाँ राशिको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

सात दशकदेखि नेपाली साहित्यमा समर्पित रहेर कथा, कविता, उपन्यास, समालोचना, निबन्ध लेखनका साथै अनुवादकका रूपमा समेत परिचित ८२ वर्षीय श्रेष्ठलाई सो पुरस्कार प्रदान गर्न लागिएको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए।

यो पुरस्कार नेपाली मूलका विदेशी नागरिकलाई प्रदान गरिन्छ।

१९९३ सालदेखि काशीबहादुर श्रेष्ठको प्रकाशन र सम्पादनमा भारतको वनारसबाट ‘उदय’ मासिकको प्रकाशन आरम्भ भएको थियो। सोही पत्रिकामा प्रा.डा. ईश्वर बरालले २००४ सालमा लक्ष्मीप्रसाद देवकोटालाई सर्वप्रथम महाकवि लेखेका थिए।

काशीबहादुर श्रेष्ठका जेठा छोरा दुर्गाप्रसाद श्रेष्ठबाट चार दशकअघिदेखि ‘उदय’ पत्रिकाको समेत निरन्तर सम्पादन र प्रकाशन हुँदै आएको छ।

दुर्गाप्रसाद श्रेष्ठले २०२० सालमा प्रदर्शित प्रथम नेपाली कथानक चलचित्र ‘आमा’ को पटकथा र संवाद लेखेका थिए। हिरासिंह खत्रीद्वारा निर्देशित ‘आमा’को उनी सहायक निर्देशक पनि थिए।

शताब्दी पुरुष डा. सत्यमोहन जोशीको १०१औं जन्मोत्सवका अवसरमा सो पुरस्कार दिइने सदस्यसचिव प्रसाईंले बताए। आगामी २९ वैशाख २०७७ मा ९ जना बालबालिकासमेत गरी २६ जनालाई १४ लाख रूपैयाँ पुरस्कार र ताम्रपत्रसहित नइ पुरस्कार प्रदान गरिन लागेको हो।

"> दुर्गाप्रसाद श्रेष्ठलाई नइ अन्तर्राष्ट्रिय पुरस्कार: Dekhapadhi
दुर्गाप्रसाद श्रेष्ठलाई नइ अन्तर्राष्ट्रिय पुरस्कार
काठमाडौं। भारतको काशीका दुर्गाप्रसाद श्रेष्ठले ‘नइ देरूनीख अन्तर्राष्ट्रिय पुरस्कार’ पाउने भएका छन्। नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा आज बसेको बैठकले श्रेष्ठलाई दुई लाख रूपैयाँ राशिको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

सात दशकदेखि नेपाली साहित्यमा समर्पित रहेर कथा, कविता, उपन्यास, समालोचना, निबन्ध लेखनका साथै अनुवादकका रूपमा समेत परिचित ८२ वर्षीय श्रेष्ठलाई सो पुरस्कार प्रदान गर्न लागिएको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए।

यो पुरस्कार नेपाली मूलका विदेशी नागरिकलाई प्रदान गरिन्छ।

१९९३ सालदेखि काशीबहादुर श्रेष्ठको प्रकाशन र सम्पादनमा भारतको वनारसबाट ‘उदय’ मासिकको प्रकाशन आरम्भ भएको थियो। सोही पत्रिकामा प्रा.डा. ईश्वर बरालले २००४ सालमा लक्ष्मीप्रसाद देवकोटालाई सर्वप्रथम महाकवि लेखेका थिए।

काशीबहादुर श्रेष्ठका जेठा छोरा दुर्गाप्रसाद श्रेष्ठबाट चार दशकअघिदेखि ‘उदय’ पत्रिकाको समेत निरन्तर सम्पादन र प्रकाशन हुँदै आएको छ।

दुर्गाप्रसाद श्रेष्ठले २०२० सालमा प्रदर्शित प्रथम नेपाली कथानक चलचित्र ‘आमा’ को पटकथा र संवाद लेखेका थिए। हिरासिंह खत्रीद्वारा निर्देशित ‘आमा’को उनी सहायक निर्देशक पनि थिए।

शताब्दी पुरुष डा. सत्यमोहन जोशीको १०१औं जन्मोत्सवका अवसरमा सो पुरस्कार दिइने सदस्यसचिव प्रसाईंले बताए। आगामी २९ वैशाख २०७७ मा ९ जना बालबालिकासमेत गरी २६ जनालाई १४ लाख रूपैयाँ पुरस्कार र ताम्रपत्रसहित नइ पुरस्कार प्रदान गरिन लागेको हो।

प्रतिक्रिया दिनुहोस्