लिखित जवाफ लिएर सर्वाेच्च अदालत पुगे आईजीपी ज्ञवाली

काठमाडौं। प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली अदालतको अवहेलना मुद्दामा जवाफ दिन सर्वाेच्च अदालत पुगेका छन्।

सर्वाेच्च अदालतले मागेको लिखित जवाफ लिएर आईजी ज्ञवाली आफैं अदालत पुगेका हुन्।

नेत्रविक्रम चन्द समूहका कार्यकर्ता अदालतको आदेशमा रिहा हुँदा पुनः पक्राउ पर्ने गरेका घटनामा सर्वाेच्च अदालतले प्रहरी महानिरीक्षकसहितका प्रहरी अधिकारीविरुद्ध मुद्दा चलाउने आदेश गर्दै प्रहरीसँग लिखित जवाफ मागेको थियो।

सर्वोच्च अदालतको बन्दी प्रत्यक्षीकरण रिटमार्फत् रिहा भए पनि अदालतबाहिरबाट प्रहरीले पुनः पक्राउ गर्नु ‘आपत्तिजनक’ हुने आदेश गरेको थियो।

सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक ज्ञवाली, महानगरीय प्रहरी परिसर टेकुका प्रमुख, एसएसपी उत्तमराज सुवेदी, महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख, डीएसपी कौशल बुढाथोकी र महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख, डीएसपी सन्तोषसिंह राठौरलाई अदालतमा हाजिर हुन निर्देशन दिएको थियो।

‘प्रचलित संविधान र कानूनबमोजिम अदालतको अवहेलनामा कारबाही र सजाय किन नगर्ने ? आदेशको जनाउ पाएको सात दिनभित्र लिखित जवाफ लिई आफैं उपस्थित हुन आउनू’ आदेशमा भनिएको थियो।

पढ्नुहोस्

आईजीपीसहित चार प्रहरी अधिकृतविरुद्ध अदालतको अवहेलनामा मुद्दा चलाउन सर्वोच्च अदालतको आदेश

प्रतिक्रिया दिनुहोस्