काठमाडौं।

‘कति राम्रो होरी फागुनमा,
कृष्णले खेले, राधाले खेले
बालाले खेले आँगनमा,
कति राम्रो होली फागुनमा’

सुदूरपश्चिम क्षेत्रमा फागू पूर्णिमामा ‘होरी’ खेलिन्छ। फागु पूर्णिमामा खेलिने होरीमा यस्तै-यस्तै भाकामा भगवानका वीरताका गाथा, प्रेमलीला, महाभारत र रामायणका कथा पस्कने (भट्याउने) गरिन्छ।

सेतो कुर्ता र पाइजामा–सुरुवाल लगाएर गोलबद्ध भई देउडाको लयमा मथुरा, कुमाउँनी र गढवाली, हिन्दी तथा नेपाली भाषामा ‘होरी’ गीत गाउने गरिन्छ। पछिल्लो समय ती होरी गीतलाई नेपाली तथा स्थानीय भाषामा पनि अनुवाद गरेर गाउन थालिएको छ।

भारतको पिथौरागढ, कुमाउ, गढवाललगायतका क्षेत्रबाट होरीको संस्कृति पश्चिम नेपालका बैतडी, दार्चुलातिर भित्रिएको बताइन्छ।

संस्कृतिविद् तथा डोट्याली भाषाका जानकार वीरबहादुर चन्द ‘विश्राम’ ले पिथौरागढमा आफ्नो अध्ययन सकेपछि बैतडीको मेलौलीमा आएर शिक्षण पेशा अंगालेका थिए। त्यही बेला २०१९ सालमा पहिलोपटक उनले होरी खेले। त्यसअघि जात्रा, मेला आदिका रूपमा होरी मनाइथ्यो। उनले नै सेतो कुर्ता र पाइजामा लगाएर देउडाको लयमा होरीको शुरूआत गरेका थिए।

त्यसभन्दा अघि यस्तो होरी पिथौरागढमा खेलिन्थ्यो।

धार्मिक महत्त्वको होरी

होरीका बारेमा सुदूरपश्चिमी समाजमा बेग्लै भनाइहरू छन्। यो मुख्यतः धार्मिक विश्वाससँग जोडिएको छ। संस्कृतिविद् डा. टेकराज भट्टका अनुसार त्रेतायुगमा हिरण्यकश्यपुलाई भगवान विष्णुले नरसिंह अवतार लिएर मारेका थिए। हिरण्यकश्यपुका छोरा भक्त प्रह्‍लाद भने विष्णुभक्त थिए। विष्णुका भक्त भएको पीता हिरण्यकश्युलाई मन नपरेपछि उनले प्रह्‍लादलाई मार्ने योजना बनाए ।

प्रह्‍लादलाई अग्‍निकुण्डमा हालेर मार्न बहिनी होलीकालाई जिम्मा लगाए। दाजुको आदेशानुसार होलीकाले प्रह्‍लादलाई काखमा लिएर अग्‍निमा होमिइन्। आगोले होलीका भष्म भइन्। तर, विष्णुका भक्त प्रह्‍लादलाई केही भएन। धर्मको जित भएको प्रतीकस्वरूप होलीका दहन गरी होरी पर्व मनाउने गरिएको धार्मिक मान्यता छ। यही खुशीयालीमा आपसमा रङ दलेर रमाइलो गर्ने, भगवानका कथा, प्रेमलीला आदिबारे गीतमार्फत् चर्चा गर्ने गरिएको धार्मिक मान्यता छ।

दशरथको लक्ष्मण बालो यति,
१२ औं वर्ष हिमाञ्चल रहियो
जाडो नलागोस् एक रथी, दशरथको लक्ष्मण बालो यति।

होलीबारे अर्को पनि कि‌ंवदन्ती छ। द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यका साथ दूध खुवाउन गएकी पुतनालाई कृष्णले मारेका थिए। पुतनाको शवलाई ब्रजवासीहरूले जलाएर आपसमा रङ र अबिर छरेर खुशीयाली मनाए। त्यसकै सम्झनामा चीरदह गरेर होरी खेल्ने परम्परा शुरू भएको संस्कृतिविद् भट्टको भनाइ छ।

देउडा लयमा खेलिने होरी कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला, अछाम, डोटी, बाजुरा, बझाङसँगै बाँके, बर्दिया, सुर्खेतलगायतका क्षेत्रमा भव्यरूपमा खेलिन्छ।

देउडाको लयमा श्रीकृष्ण, रामका बहादुरी गाथा गाउने गरिन्छ। रामले रावणलाई तथा कृष्णले मामा कंशलाई मारेको घटनालाई जोडेर गीतमार्फत् होरी खेलिने संस्कृतिविद् डा. बद्रि विनाडी बताउँछन्।

होलीका गीत ठाउँअनुसार फरक-फरक हुने गरेको भए पनि मथुरा, कुमाउँ, गढवालबाट आएकाले प्रायः हिन्दी तथा अवधी भाषाका हुने गरेको उनको भनाइ छ।

पछिल्लो समय पुरानो होरी खेल्ने शैली लोप हुँदै गएको भन्दै संस्कृतिविद्हरूले चिन्ता व्यक्त गरेका छन्।

" /> काठमाडौं।

"> परम्परा धानेको सुदूरपश्चिमको ‘होरी’: Dekhapadhi
परम्परा धानेको सुदूरपश्चिमको ‘होरी’

प्रतिक्रिया दिनुहोस्