काठमाडौं। फिफा विश्वकप कतार २०२२ को एशियाली छनोटमा नेपालले खेल्ने अष्ट्रेलिया र चाइनिज ताइपेईविरुद्धको खेल स्थगित भएको भएको छ।
कोरोना भाइरस संक्रमणका कारण एशियन फुटबल महासंघले आज अन्तर्राष्ट्रिय खेलतालिकाअन्तर्गत २३ देखि ३१ मार्च र १ देखि ९ जुनसम्मको खेलतालिकामा हुने खेल अर्को सूचना नआएसम्मका लागि रद्द गरिएको जनाएको छ। यससँगै नेपालको खेल पनि स्थिगित भएको हो।
नेपालले २६ मार्चमा चाइनिज ताइपेई तथा ३१ मार्चमा अष्ट्रेलियाविरुद्ध नेपालमा खेल्ने तालिका थियो। यो तालिका तत्कालका लागि स्थगित भएको छ।
फिफा विश्वकप २०२२ तथा एफसी एशियन कप २०२३ छनोट प्रतियोगितामा नेपालले खेलेको पाँचमध्ये एक खेलमात्र जितेको छ। बाँकी चार खेलमा नेपाल पराजित भएको छ।
ओलम्पिक फुटबल छनोट प्रतियोगिताका खेल भने निर्धारित तालिकामै हुने एएफसीले जनाएको छ। तथापी, कोरिया र चीनबीचको खेल भने हुनेछैन।
एसफसीले तुर्किमिनिस्तानमा तय भएको एसफसी फुटसल च्याम्पियनसिप–२०२० पनि स्थगित भएको छ।
" /> काठमाडौं। फिफा विश्वकप कतार २०२२ को एशियाली छनोटमा नेपालले खेल्ने अष्ट्रेलिया र चाइनिज ताइपेईविरुद्धको खेल स्थगित भएको भएको छ।कोरोना भाइरस संक्रमणका कारण एशियन फुटबल महासंघले आज अन्तर्राष्ट्रिय खेलतालिकाअन्तर्गत २३ देखि ३१ मार्च र १ देखि ९ जुनसम्मको खेलतालिकामा हुने खेल अर्को सूचना नआएसम्मका लागि रद्द गरिएको जनाएको छ। यससँगै नेपालको खेल पनि स्थिगित भएको हो।

">