बारामा लागुऔषधसहित दुईजना पक्राउ <p>बारा। जिल्ला प्रहरी कार्यालय बाराको टोलीले ठूलो परिमाणमा अवैध लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ।</p> <p>जितपुर सिमरा उपमहानगरपालिका-२ मा चेकजाँच गर्ने क्रममा ना ६२ प ६२६७ नम्बरको मोटरसाइकल चालक वीरगंज महानगरपालिका-१५ का ३० वर्षीय जितेन्द्रकुमार सिंह र साइकलमा रहेका भारत विहार बस्ने २२ वर्षीय नासिर आलम पक्राउ परेका हुन्।</p> <p>उनीहरूको साथबाट डाईजेपाम ३०० पीस, नुफिन ३०० पिस, फेनारगन ३०० पीस बरामद् गरिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्