काठमाडौं। त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रूपमा सञ्चालन गर्ने भएको छ।
कोरोना भाइरसका कारणले कुनै संकट नदेखिएकाले त्रिविले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा यथावत् रूपमा सञ्चालन गर्ने भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए।
७ चैतदेखि शुरू हुने विभिन्न सङ्कायका परीक्षाको तयारी पूरा भएको छ। “कोरोना भाइरसको अहिलेकै अवस्थामा परीक्षा रोकिहाल्नुपर्ने अवस्था छैन”, नियन्त्रक जोशीले भने, “भाइरसका कारणले मुलुकमा नै सङ्कट घोषणा गर्नुपर्ने अवस्था आयो भने सोच्नुपर्ने हुन्छ।”
त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले पनि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालसँग त्रिविले परीक्षा सञ्चालन गर्नेबारे छलफल गरेका थिए। ढकालले अहिलेकै अवस्थामा परीक्षा रोक्नुपर्ने अवस्था नरहेकोले त्रिविलाई यथावत् रूपमा सञ्चालन गर्न आग्रह गरेका थिए।
त्रिविअन्तर्गतको स्नातकोत्तर प्रथम वर्षको आङ्शिक परीक्षा ७ चैतबाट, स्नातकोत्तर तह चौथो सेमेष्टरको ८ चैतदेखि, स्नातकोत्तर दोस्रो सेमेष्टरको २२ चैतदेखि, शिक्षा शास्त्रको एकवर्षे बीएड ९ चैतदेखि, स्नातक तहको कानून सङ्कायको दोस्रो तहको परीक्षा १४ चैतदेखि शुरू हुँदैछ।
परीक्षा नियन्त्रक जोशीका अनुसार त्रिविले परीक्षाका लागि २९ फागुनदेखि उपत्यकाबाहिर प्रश्नपत्र पठाउने तयारी गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसका कारणले विद्यालय तहको परीक्षा ५ चैतभित्र सक्न नर्देशन दिइसकेको छ। रासस