पेस्तोलसहित रौतहटबाट दुईजना पक्राउ
<p>काठमाडौं। रौतहटबाट पेस्तोल र गोलीसहित दुईजना पक्राउ परेका छन्।</p>
<p>सर्लाही धनकौल गाउँपालिका-६ छर्तौल बस्‍ने २६ वर्षीय राजेश राम र २१ वर्षीय सुरज रामलाई गढीमाई नगरपालिका-६ धरमपुरबाट पक्राउ गरिएको रौतहट प्रहरीले जनाएको छ।</p>
<p>उनीहरूको साथबाट कटुवा पेस्तोल एक थान र तीन राउण्ड गोली बरामद गरिएको छ।</p>
<p>ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले बीआर ३० यू ८३८२ नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।</p>
प्रतिक्रिया दिनुहोस्
