सात बालकको उद्धार

काठमाडौं। काठमाडौंका विभिन्न स्थानमा मजदुरीमा लगाइएका सात बालकको उद्धार गरिएको छ।

कागेश्वरी मनोहरा नगरपालिका, स्थानीय प्रहरी, बाल उद्धार नेपाल र बाल रक्षा अभियानका स्वयंसेवकको सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिका तथा काडाघारीका होटल, फर्निचर, इटाभट्टामा कार्यरत ती बालक उद्धार गरिएका हुन्।

४ र १९ फागुनमा गरिएको अनुगमनको क्रममा १४ वर्ष मुनिका बालकलाई मजदूर (कामदार) को रुपमा प्रयोग गरिएको पाइएको हो।

मकवानपुर, दाङ र प्यूठानका ती बालकलाई उद्धार गरी बाल उद्धार नेपालको स्थानीय साझेदारी संस्था ईस्थर वेन्जामिन स्मृति फाउण्डेसनको अल्पकालीन स्याहार केन्द्रमा पठाइएको छ।

बाल उद्धार नेपालका प्रमुख जमुना श्रेष्ठ भट्टराईले ती बालकको परिवारमा सम्पर्क गरी बालकलाई आधिकारिक रुपमा हस्तान्तरण गरिने जानकारी दिइन्।रासस

प्रतिक्रिया दिनुहोस्