ओछ्यानमा सुतिरहेकी बालिकालाई चितुवाले मार्‍यो
कैलाली। बैतडीमा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ।

मेलौली नगरपालिका-९ का रामबहादुर लुहारकी ८ वर्षीया छोरी सीताको चितुवाको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

आज बिहानै करीब ४ बजे ओछ्यानमा सुतेकै अवस्थामा चितुवाले बालिकामाथि आक्रमण गरेको थियो।

चितुवाले लतारेर घरभन्दा ५०० मिटर पर लगेको अवस्थामा बालिकाको शव भेटिएको प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए।

बैतडीमा २०६४ सालयता चितुवाको आक्रमणबाट २५ जना मारिएका छन्। त्यस्तै १२ जना घाइते भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्