करोडौं ठगीका आरोपी ठेकेदार मनोज भेटवालले आत्मसर्पण गरे

काठमाडौं। करोडौं ठगीको आरोप लागेका ठेकेदार मनोज भेटवालले प्रहरीमा आत्मसमर्पण गरेका छन्।

आज बिहान साढे ८ बजेतिर महानगरीय अपराध महाशाखा टेकुमा आफैँ उपस्थित भएको महाशाखाका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले देखापढीलाई बताए।

उनीमाथि बैंकिङ कसुरको मुद्दा छ।

"उनलाई हामीले खोजिरहेका थियौँ। आफैँ आएका छन्। आजै अदालतबाट म्याद थापेर थप अनुसन्धान अघि बढाउँछौं", बोगटीले भने।

जलेश्वर स्वच्छन्द विल्डर्सका संचालक रहेका भेटवाललाई पाटन उच्च अदालतले एक महीनाअघि पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो।

काठमाडौंको पूरानो बसपार्कमा बन्‍न लागेको भ्यू टावर निर्माणको जिम्मा उसैले लिएका छन्।

टावर निर्माण बीचमै थाती राखेर उनी बेपत्ता थिए।

प्रतिक्रिया दिनुहोस्