सामूहिक बलात्कार अभियोगमा सप्तरीका चार युवकलाई १० वर्ष कैद

सप्तरी। एक किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा सप्तरी जिल्ला अदालतले चारजना युवकलाई कैद सजायको फैसला गरेको छ।

जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले शम्भुनाथ नगरपालिका-३ का २० वर्षीय एटलाण्टिक चौधरी, अजयकुमार चौधरी, अर्जुनकुमार साह र २२ वर्षीय मनोजकुमार साहलाई जनही १० वर्षको कैद सजायँ सुनाएको हो।

फरार रहेका आरोपितहरु शम्भुनाथ नगरपालिका-३ का २० वर्षीय बबी चौधरी, १९ वर्षीय मिथिलेशकुमार साह र थेपा भनिने ओमप्रकाश पालको मुद्दा मुल्तबीमा राखिएको छ।

पीडित युवतीकी आमाले जिल्ला प्रहरी कार्यालयमा २८ फागुन २०७४ मा गते उजुरी दिएकी थिइन्।

सामूहिक बलात्कारको आरोपमा एटलाण्टिक र अजय घटनालगत्तै पक्राउ परेका थिए भने मनोज र अर्जुन २६ चैत २०७४ माा वारेण्ट जारी भएपछि अदालत हाजिर भएका थिए। रासस

प्रतिक्रिया दिनुहोस्