काठमाडौं। तीब्र गतिमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि इटलीको शीर्ष लिग इटालियन सिरी ‘ए’ स्थगित गरिएको छ। इटलीका प्रधानमन्त्री गुसेप कोन्टेले इटालियन सिरी ‘ए’ अनिश्चित कालका लागि स्थगन गर्ने घोषणा गरेका हुन्।
इटलीमा नौ हजार १७२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने ४६३ जनाको मृत्यु भइसकेको छ। जसका कारण इटली सरकारले देशभर आवतजावतमा रोक लगाएको छ।
इटालीको उत्तरी भागमा यसअघि नै अत्यावश्यक कामका लागि बाहेक अन्य अवस्थामा भेला हुन रोक लागाइएको थियो। शीर्ष क्लब युभेन्टस र इन्टर मिलानसहित सिरी ‘ए’ को पछिल्ला केही खेल दर्शक विनाको रंगशालामा खेलिएको थियो। तर प्रधामन्त्रीको नयाँ घोषणाले प्रतियागिता नियमित नहुने देखिएको छ।
‘‘हामीले ठूला सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएका छौं। हामीले खेलकुद कार्यक्रमका लागि अझ कडा कदमका बारे सोचेका छौं। सामान्यरूपमा सिरी ‘ए’सँगै सम्पूर्ण खेलकुद गतिबिधि निलम्बित छन्। प्रशंसकले यसलाई स्वीकार्नुपर्छ’’, प्रधानमन्त्री कोन्टेले भनेका छन्।