गोरखामा जिप दुर्घटना हुँदा छजना घाइते, गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी

काठमाडौं। गोरखाको बारपाक-सुलिकोट गाउँपालिका-४ स्थित सौरपानीमा आज बिहान भएको जिप दुर्घटनामा छजना घाइते भएका छन्।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

रोन्चोकबाट बाह्र किलोतर्फ आउँदै गरेको बा. १५ च १०१६ नम्बरको जिप आज बिहान सवा ७ बजे सडकबाट करीब १५० मिटर तल खसेको हो।

जिपमा ११ जना सवार थिए।

दुर्घटनास्थलमा रहेकामध्ये गम्भीर घाइतेहरूलाई हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको गोरखा प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले देखापढीलाई बताए।

"मेडिकल टीमले प्रारम्भिक उपचार गरिरहेको छ। घाइतेको अवस्था हेरेर कस-कसलाई पठाउने भन्ने तयारी भइरहेको छ। हेलिकप्टर मगाइसकेका छौं", अधिकारीले भने।

प्रतिक्रिया दिनुहोस्