झापामा कटुवा पेस्तोलसहित एकजना पक्राउ <p>विराटनगर। झापाको दमक नगरपालिका-३ मावाखोला पुलबाट कटुवा पेस्तोल सहित एकजना पक्राउ परेका छन्।</p> <p>ईलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले मिक्लाजुङ गाउँपालिका-९ का ४४ वर्षीय मेघराज गौतमलाई एक थान कटुवा पेस्तोल, सोही पेस्तोलको गोली एक थान र खाली खोका एक थानसहित पक्राउ गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।</p> <p>गौतमलाई हिरासतमा राखेर थप अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्