फागुमा सात हजारबढीले गरे छिम्केश्‍वरीमाईको दर्शन
दमौली। तनहुँको अग्लो स्थानमा रहेको छिम्केश्वरी मन्दिरमा हिजो, २६ फागुनमा सातहजारभन्दा वढी  भक्तजनले दर्शन गरेका छन्।

फागुपूर्णिमाको अवसरमा यहाँ हरेक वर्ष मेला लाग्ने गर्दछ।

तनहुँबाहेक गोरखा, लमजुङका भक्तजन छिम्केश्वरी पुगेका थिए।

आँबुखैरेनी गाउँपालिका-५ स्थित छिम्केश्वरी मन्दिरमा पूजाअर्चना गरे मनले चिताएको पूरा हुने विश्वाससहित भक्तजन आउने गरेको छिम्केश्वरी पर्यटन विकास समितिका सचिव सन्तोष गुरुङले बताए।

“मन्दिर दर्शनका लागि बिहानदेखि नै भक्तजनको भीड लागेको थियो,”उनले भने, “प्रत्येक वर्षको होलीमा यहाँ भक्तजनको भीड लाग्ने गरेको छ।”

समुन्द्री सतहबाट २ हजार १३४ मिटर उचाईमा रहेको यो मन्दिरमा दैनिक २०/२५ जना भक्तजन आउने मन्दिरका पुजारी धनराज गुरुङले जानकारी दिए।

एकादशी र औंशी बाहेकका दिनमा मन्दिरमा बली पनि दिइन्छ।

गोरखा मनकामनाकी दिदीका रुपमा छिम्केश्वरीमाई पूजा गरिन्छ।

आँबुखैरेनीबाट लाब्दीसम्म १५ किलोमिटर कच्ची सडकमा जीप यात्रा र त्यसपछि पदयात्रा गरेर छिम्केश्वरी पुग्न सकिन्छ।

यहाँबाट अपि, सैपाल, धौलागिरी, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमाल अवलोकन गर्न सकिन्छ। रासस

प्रतिक्रिया दिनुहोस्