जर्मनी। जर्मनीको अनुदारवादी दलहरूको गठबन्धन (सीडीयू/सीएसयू) र समाजवादी प्रजातान्त्रिक दल (एसपीडी) ले ग्रीसका शरणार्थी शिविरमा बेसहारा बनेका करीब एक हजारदेखि एक हजार ५०० बालबालिकालाई शरण दिने निर्णय गरेको छ।
जर्मनीको सरकारमा गठबन्धन दलले भनेको छ, “अधिकांश १४ वर्षमुनिका बालिका रहेका भनिएको बेसहारा बालबालिकालाई ग्रीसले यस कठीन अवस्थामा मानवीय सहयोग पुर्याउनुपर्ने थियो।”
सत्ताधारी दलहरूको गठबन्धन समितिले बताए अनुसार ती १४ वर्षमुनिका बालबालिका गम्भीर बिरामी परेको अवस्थामा छन् वा अभिभावकबाट छुटेको अवस्थामा बेसहारा बनेका छन्।
यसका लागि जर्मनीले यूरोपेली मापदण्डअनुसार यूरोपेली संघमा छलफल र आवश्यक प्रक्रियापछि जर्मनीको चाहनाअनुरूप शरणार्थी प्रक्रियामा सामेल गरिनेछ। यूरोपेली मुलुकहरूले चाहेमा ईयूमा छलफल नै नगरी पनि मानवीय सहयोगका लागि शरण दिन भने कुनै रोकतोक छैन।
गत हप्ता जर्मनीका विभिन्न सात शहरका नगर प्रमुख र लोअर स्याक्सोनीका आन्तरिक मन्त्री बोरिस पिस्टोरियसले जर्मन सरकारलाई एक खुलापत्र लेखी ग्रीसको शरणार्थी शिविरमा बेसहारा बनेका बालबालिकालाई यथासम्भव छिटो सहारा दिन आग्रह गरेका थिए। रासस-सिन्ह्वा
" /> जर्मनी। जर्मनीको अनुदारवादी दलहरूको गठबन्धन (सीडीयू/सीएसयू) र समाजवादी प्रजातान्त्रिक दल (एसपीडी) ले ग्रीसका शरणार्थी शिविरमा बेसहारा बनेका करीब एक हजारदेखि एक हजार ५०० बालबालिकालाई शरण दिने निर्णय गरेको छ।जर्मनीको सरकारमा गठबन्धन दलले भनेको छ, “अधिकांश १४ वर्षमुनिका बालिका रहेका भनिएको बेसहारा बालबालिकालाई ग्रीसले यस कठीन अवस्थामा मानवीय सहयोग पुर्याउनुपर्ने थियो।”

">