रूपन्देही। तिलोत्तमा नगरपालिकाले कालाेबजारी हुन सक्ने भन्दै आज बजार अनुगमन गरेको छ। नगर प्रमुख वासुदेव घिमिरेको नेतृत्वमा उपप्रमुख जागेश्वरी चौधरी, बजार अनुगमन समितिका पदाधिकारी, प्रहरी, सरोकारवाला सङ्घसंस्थाका प्रतिनिधि तथा विषयगत शाखाका कर्मचारीको सहभागितामा बजार अनुगमन गरिएको हो।
कोरोना भाइरसका कारण बजारमा देखिन सक्ने समस्या समेतलाई दृष्टिगत गरी बजार अनुगमन गरिएको नगरपालिकाको सूचना शाखाले जनाएको छ। टोलीले औषधि पसल, किराना पसल, होटल तथा रेष्टुरेन्ट, खाद्य उद्योग, हार्डवेयर, मासु पसल लगायतमा अनुगमन गरेको नगर प्रमुख घिमिरेले जानकारी दिए।
तिलोत्तमा क्षेत्रमा केन्द्रित अनुगमनका क्रममा टोलीले अखाद्य वस्तु नष्ट गराउनाका साथै सरसफाइमा विशेष ध्यान पुर्याउन होटल तथा रेष्टुरेन्ट र खाद्य उद्योगलाई निर्देशन दिएको छ। अनुगमनका क्रममा पसलमा राखिएका पोलिथिनका झोला, गिलास, प्लेट, बरामद् गरिनुका साथै म्याद गुज्रिएका खाद्य वस्तुसमेत बरामद गरी नष्ट तथा जफत गरेको अनुगमन टोलीले जनाएको छ। रासस
" /> रूपन्देही। तिलोत्तमा नगरपालिकाले कालाेबजारी हुन सक्ने भन्दै आज बजार अनुगमन गरेको छ। नगर प्रमुख वासुदेव घिमिरेको नेतृत्वमा उपप्रमुख जागेश्वरी चौधरी, बजार अनुगमन समितिका पदाधिकारी, प्रहरी, सरोकारवाला सङ्घसंस्थाका प्रतिनिधि तथा विषयगत शाखाका कर्मचारीको सहभागितामा बजार अनुगमन गरिएको हो।कोरोना भाइरसका कारण बजारमा देखिन सक्ने समस्या समेतलाई दृष्टिगत गरी बजार अनुगमन गरिएको नगरपालिकाको सूचना शाखाले जनाएको छ। टोलीले औषधि पसल, किराना पसल, होटल तथा रेष्टुरेन्ट, खाद्य उद्योग, हार्डवेयर, मासु पसल लगायतमा अनुगमन गरेको नगर प्रमुख घिमिरेले जानकारी दिए।

">