काठमाडौं। जिल्ला प्रहरी कार्यालय बाराले लागूऔषध गाँजा मुद्दामा अदालतबाट दोषी ठहर भएका एक अभियुक्तलाई पक्राउ गरेको छ।
२० माघ २०७० मा बारा जिल्ला अदालतको फैसलाले बाराको करैयामाई गाउँपालिका–५ बस्ने अच्छेलाल चौधरीलाई २ वर्ष ३ महीना कैद र १० हजार रूपैयाँ जरीवाना तोकेको थियो।
अदालतले दोषी ठहर गरे लगत्तै उनी फरार रहेका थिए।
आज इलाका प्रहरी कार्यालय कोल्हबी बाराबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो।
आजै अदालतमा पेश गरेपछि चौधरीलाई कैद भुक्तानीका लागि कारागार पठाइएको छ।
" /> काठमाडौं। जिल्ला प्रहरी कार्यालय बाराले लागूऔषध गाँजा मुद्दामा अदालतबाट दोषी ठहर भएका एक अभियुक्तलाई पक्राउ गरेको छ।२० माघ २०७० मा बारा जिल्ला अदालतको फैसलाले बाराको करैयामाई गाउँपालिका–५ बस्ने अच्छेलाल चौधरीलाई २ वर्ष ३ महीना कैद र १० हजार रूपैयाँ जरीवाना तोकेको थियो।

">