जनकपुर। विश्वको लामो धार्मिक यात्राका रूपमा चिनिएको १५ दिवसीय मिथिला परिक्रमा आज जनकपुरको अन्तरगृह परिक्रमा गर्दै सम्पन्न भएको छ।
धनुषाको कचुरीस्थित मिथिलाविहारी मन्दिरबाट १२ फागुनमा शुक्ल औँसीका दिन शुरू मिथिला परिक्रमा धनुषा र महोत्तरीसहित भारत, विहारको विभिन्न स्थान घुम्दै हिजाे साँझ जनकपुर आइपुगेको थियो भने आज बिहान जनकपुरको पञ्चकोशी (अन्तरगृह) परिक्रमा गरी यात्रामा सहभागी नेपाल तथा भारतका सम्पूर्ण तीर्थयात्री घर फर्केका छन्।
सरकारले पर्यटन वर्ष मनाइरहेको बेला मध्यमा परिक्रमाको महत्त्वलाई राष्ट्रियस्तरमा परिचित गराउन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले परिक्रमाको शुभारम्भ गरेका थिए। नेपाल र भारतका हजारौँ तीर्थालु सहभागी रहेको परिक्रमा थालनीमा दाहालले मिथिलाविहारी मन्दिरबाट रामको डोला उठाएका थिए। उनले उठाएको डोला साधुसन्तले सम्हाल्दै १५ दिवसीय यात्रा प्रारम्भ भएको थियो।
हिन्दू धर्मको प्रसिद्ध ग्रन्थ ‘मिथिला महात्म्य’ का अनुसार यो परिक्रमा १८औँ शताब्दीदेखि शुरू भएको भन्न सकिन्छ। जनकपुरस्थित सुन्दर सदनका महन्त नवलकिशोर शरणका अनुसार प्राचीन मिथिलाका राजा जनकको दरबार र आसपास क्षेत्रको परिक्रमा गर्दा पुण्यप्राप्ति हुने विश्वास छ। “मिथिला क्षेत्रका बासिन्दाले मर्नु अघि कम्तीमा एकपटक मध्यमा परिक्रमामा सहभागी हुँदा मरणोपरान्त राम्रो हुने जनविश्वास छ। त्यसैले यो परिक्रमामा वृद्धवृद्धाको सहभागिता बढी हुने गर्दछ”, उनले भने।
खासगरी रामायणमा वर्णन गरिएबमोजिम राम र सीताले घुमेको प्रसिद्ध धार्मिकस्थलहरूको दर्शन गर्न यो परिक्रमाको थालनी भएको जनकपुरका साधुसन्तहरूको भनाइ छ। हरेक वर्ष फागुन शुक्ल औँसीको दिन शुरू हुने यो परिक्रमा पूर्णिमाको दिन जनकपुरमा अन्तरगृह घुमेर सकिन्छ।
जनकपुरधामको पिराडी चोक, मिल्स एरिया, भानु चोक, कदम चोक, विषहरा चोक, मुरली चोक, भ्रमरपुरा चोक, ज्ञानकुप हुँदै पुनः पिराडी चोकसम्म आइपुग्दा करीब पाँच किलोमिटर पुग्छ। यो परिक्रमालाई पञ्चकोशी परिक्रमा पनि भनिन्छ। मिथिला मध्यमा परिक्रमामा सहभागी हुन नसक्नेले कम्तीमा अन्तरगृह घुम्नुपर्ने बताइन्छ। जनकपुरको अन्तरगृह परिक्रमा गरेको भोलिपल्ट मात्रै जनकपुरमा होली खेल्ने चलन छ।
" /> जनकपुर। विश्वको लामो धार्मिक यात्राका रूपमा चिनिएको १५ दिवसीय मिथिला परिक्रमा आज जनकपुरको अन्तरगृह परिक्रमा गर्दै सम्पन्न भएको छ।धनुषाको कचुरीस्थित मिथिलाविहारी मन्दिरबाट १२ फागुनमा शुक्ल औँसीका दिन शुरू मिथिला परिक्रमा धनुषा र महोत्तरीसहित भारत, विहारको विभिन्न स्थान घुम्दै हिजाे साँझ जनकपुर आइपुगेको थियो भने आज बिहान जनकपुरको पञ्चकोशी (अन्तरगृह) परिक्रमा गरी यात्रामा सहभागी नेपाल तथा भारतका सम्पूर्ण तीर्थयात्री घर फर्केका छन्।

">