काठमाडौं। युनिसेफले कोरोना भाइरसकाे संक्रमण (कोभिड–१९) बारे भ्रामक सूचना नफैलाउन आग्रह गरेको छ।
युनिसेफको साझेदारी विभागकी उप-कार्यकारी निर्देशक शार्लट पेट्री गर्निज्काले एक वक्तव्य जारी गर्दै स्वास्थ्य संकटका बेला गलत सूचना प्रवाहले डर र त्रास फैलने बताएकी हुन्।
‘भाइरस र यसबाट कसरी बच्ने भन्ने बारेमा धेरैले विभिन्न खालका सूचना आदानप्रदान गरिरहेको भए तापनि तीमध्ये केही मात्र उपयोगी र भरपर्दा छन्’, वक्तव्यमा भनिएको छ, ‘स्वास्थ्य संकटका बेला गलत सूचनाको प्रवाहले डर र त्रास फैलिने ठूलो सम्भावना रहन्छ। यसको फलस्वरूप धेरैजना भाइरसको संक्रमणबाट असुरक्षित र जोखिममा पर्न सक्छन्।’
युनिसेफको स्रोत उल्लेख गर्दै विभिन्न भाषामा इन्टरनेटमा संसारभर ‘आइसक्रिम तथा अन्य चिसो खानेकुरा नखाए भाइरसबाट जोगिन सकिने’ भन्दै फैलाइएको सूचना गलत भएको पनि वक्तव्यमार्फत् स्पष्ट पारिएको छ।
साथै युनिसेफ वा विश्व स्वास्थ्य संगठन, सरकारी निकाय, भरपर्दो स्वास्थ्यकर्मीहरू जस्ता विश्वसनीय र आधिकारिक स्रोतहरूबाट मात्र सूचना लिन युनिसेफले आग्रह गरेको छ।
युनिसेफले आफू र आफ्ना प्रियजनको सुरक्षासँग सम्बन्धित अन्य क्षेत्रहरूमा अपनाइने सावधानीजस्तै सूचनाको विश्वसनीयतामा पनि उत्तिकै ध्यान दिन जरुरी रहेको जनाएको छ।
‘विश्व स्वास्थ्य संगठन र सरकारी निकायहरूका साथै फेसबुक, इन्स्टाग्राम, लिङ्कडइन र टिकटकजस्ता अनलाइन साझेदारहरूसँगको सहकार्यमा कोरोनाभाइरसका बारेमा सत्यतथ्य सूचना र सल्लाह उपलब्ध गराउन तथा भ्रामक सूचना फैलिएमा जानकारी दिनका लागि युनिसेफ निरन्तर अग्रसर छ’, वक्तव्यमा भनिएको छ।
" /> काठमाडौं। युनिसेफले कोरोना भाइरसकाे संक्रमण (कोभिड–१९) बारे भ्रामक सूचना नफैलाउन आग्रह गरेको छ।युनिसेफको साझेदारी विभागकी उप-कार्यकारी निर्देशक शार्लट पेट्री गर्निज्काले एक वक्तव्य जारी गर्दै स्वास्थ्य संकटका बेला गलत सूचना प्रवाहले डर र त्रास फैलने बताएकी हुन्।

">