कतारस्थित नेपाली दूतावासले भन्यो- ‘आवश्यक जानकारी लिन परे पनि दूतावास नआउनू, फोन गर्नू’

काठमाडौं। कतारस्थित नेपाली दूतावासले आवश्यक जानकारी लिन परे पनि दूतावास नआउन त्यहाँस्थित नेपालीहरूलाई आग्रह गरेको छ।

दूतावासले आज एक विज्ञप्ति जारी गर्दै दूतावासबाट प्रवाह हुने सेवाका सम्बन्धमा समेत आवश्यक जानकारी लिनु परे दूतावास आइरहनु नपर्ने र सोको लागि दूतावासमा फोन गर्न आग्रह गरेको हो।

त्यस्तै दूतावासले अत्यावश्यक अवस्थामा बाहेक एकापसमा भेटघाट तथा भौतिक सम्पर्क नराख्न भनेको छ। बरू त्यसको साटो टेलिफोन वा इमेलमार्फत् सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ।

कतारमा आप्रवासी तीनसहित १५ जनामा काेराेना भाइरसकाे संक्रमण भएको त्यहाँको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ।

कतारले नेपाललगायत १४ वटा मुलुक वा ती मुलुक हुँदै प्रवेश गर्ने व्यक्तिलाई ९ मार्चबाट अस्थायीरूपमा रोक लगाएको छ।

प्रतिक्रिया दिनुहोस्