वसन्तपुरमा घटेन होलीको रौनक (भिडिओ)

काठमाडौं। आज फागु पूर्णिमा, पछिल्लो समय होलीकै नामले ज्यादा चिनिन्छ।

रंगहरूको पर्वका रूपमा मनाइने होलीलाई एकअर्कामा रंग दलेर आत्मीयता जनाउने दिनका रूपमा पनि लिइन्छ।

यस वर्ष कोरोना भाइरस संक्रमणको सन्त्रासले काठमाडौंमा होलीको रौनक विगतको जस्तो देखिएन। सडक प्रायः सुनसान छन्।

यस्तो भान हुन्छ, मानिसहरू घरबाट निस्किएका छैनन्। बजारमा पनि विगतको जस्तो चहलपहल देखिँदैन।

तर, काठमाडौंको हनुमानढोका दरबार परिसरमा भने होलीको रौनक घटेन। हरेक वर्षझै वसन्तपुर र पाटन क्षेत्रको माहोल होलीमय बन्यो।

युवायुवतीदेखि बच्चा, वृद्धसम्म होलीको रंगमा रंगिए। सेता टिसर्ट विभिन्न रंगले सजिए।

नेपाली मात्र होइन विदेशी पनि रंगमा रमाइरहेका थिए। हातमा रंगका पोका बोकेर एकअर्कालाई रंग दल्दै रमाइलो गरे।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने यस पर्व विभिन्न रङ खेलेर मनाउने परम्परा छ।