काठमाडौं। मिर्गौला प्रत्यारोपणपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई पर्सि, २८ फागुनसम्ममा डिस्चार्ज गर्ने तयारी अस्पतालले गरेको छ।
प्रधानमन्त्री ओलीको २१ फागुनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनलाई मिर्गौला प्रत्यारोपण गरिएको यो दोस्रोपटक हो।
प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाभन्दा तीब्र गतिमा सुधार भइरहेको अस्पतालले नियमित पत्रकार सम्मेलनमार्फत् जानकारी दिँदै आएको छ।
मिर्गौला प्रत्यारोपण टोलीको नेतृत्व गरेका त्रिवि शिक्षण अस्पतालका वरिष्ठ यूरोलोजिष्ट प्राध्यापक डा. प्रेमराज ज्ञवालीले प्रधानमन्त्री ओलीलाई चाँडै डिस्चार्ज गरिने देखापढीलाई बताए।
“हामी भोलि या पर्सिसम्ममा उहाँलाई डिस्चार्ज गर्नेछौं”, आज दिउँसो अस्पतालमा भेटिएका डा. ज्ञवालीले भने, “त्यहीअनुसार नै तयारी भइरहेको छ।”
प्रधानमन्त्री ओलीले सामान्य खाना खान र हिँडडुल गर्न थाले पनि संक्रमणको जोखिम आकलन गरेर चिकित्सकबाहेक अरूलाई भेट्न भने दिइएको छैन ।
" /> काठमाडौं। मिर्गौला प्रत्यारोपणपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई पर्सि, २८ फागुनसम्ममा डिस्चार्ज गर्ने तयारी अस्पतालले गरेको छ।प्रधानमन्त्री ओलीको २१ फागुनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनलाई मिर्गौला प्रत्यारोपण गरिएको यो दोस्रोपटक हो।

">