ब्राजिलमा पहिरोमा परेर ४२ जनाको मृत्यु
<p style="text-align:justify">ब्राजिल। ब्राजिलको दक्षिण पूर्वी राज्य साओ पाउलोमा भिषण वर्षासँगै आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ४२ पुगेको छ। </p>
<p style="text-align:justify">उद्धारकर्मीहरूका अनुसार उक्त पहिरोमा अरु ३६ जना हराइरहेका छन्। गुआरुजाको पहाडी इलाकाका पुराना घरहरू वर्षासँगै शुरू भएको पहिरोले बगाएको थियो।</p>
<p style="text-align:justify">गएको सातादेखि नै भारी वर्षा भएका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको स्थानीय अधिकारीहरूले बताएका छन्। <em>रासस/</em>एएनआई</p>