पाल्पा। पाल्पाको रामपुर नगरपालिकामा एक महिलालाई जबर्जस्ती करणीको प्रयास भएको छ। वडा नं ३ स्थित रजघराको सानीअमराई जङ्गलमा महिलालाई जबर्जस्ती करणीको प्रयास भएको हो। २५ फागुन (हिजो) साँझ जङ्गलबाट अर्धनग्न अवस्थामा रुदै चिच्याउँदै गरेको अवस्थामा २० वर्षीया महिलालाई स्थानीयले उद्धार गरेर प्रहरीको जिम्मा लगाएका थिए।
जबर्जस्ती करणी प्रयासको आरोपमा वडा नं ३ बस्ने ३३ वर्षीय गणेश पाण्डेयलाई पनि स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए।
घटनास्थलमा महिलाको भित्री बस्त्र र शुरुवालसमेत फालिदिएको अवस्थामा भेटिएको प्रत्यक्षदर्शी स्थानीयले बताए। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार पीडितले किटानी जाहेरी नदिएकाले कानूनी प्रक्रियामा जान ढिलाइ भएको छ।
पीडितले जाहेरी नदिए पनि आरोपित व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले जानकारी दिए। पीडित महिला आफन्तको घरमा बसेर मजदूरी गर्दै आएकी थिइन्।
रामपुरको बेझाड बजार जान निस्केकी ती पीडित महिलालाई आरोपित पाण्डेयले एक्लै भएको मौका छोपी बलात्कारको प्रयास गरेको बताइएको छ।रासस
" /> पाल्पा। पाल्पाको रामपुर नगरपालिकामा एक महिलालाई जबर्जस्ती करणीको प्रयास भएको छ। वडा नं ३ स्थित रजघराको सानीअमराई जङ्गलमा महिलालाई जबर्जस्ती करणीको प्रयास भएको हो। २५ फागुन (हिजो) साँझ जङ्गलबाट अर्धनग्न अवस्थामा रुदै चिच्याउँदै गरेको अवस्थामा २० वर्षीया महिलालाई स्थानीयले उद्धार गरेर प्रहरीको जिम्मा लगाएका थिए।जबर्जस्ती करणी प्रयासको आरोपमा वडा नं ३ बस्ने ३३ वर्षीय गणेश पाण्डेयलाई पनि स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए।

">