काठमाडौं। छ महीनादेखि भोजपुर-विराटनगर नियमित उडान बन्द हुँदा यात्रुले सास्ती खेपिरहेका छन्।

नियमित उडान गर्दै आएको नेपाल वायु सेवा निगमले सेवा बन्द गरेपछि सबेभन्दा बढी भोजपुर अस्पतालबाट थप उपचारका लागि सुविधासम्पन्‍न अस्पतालमा रिफर गरिएका बिरामी प्रत्यक्ष मारमा परेका छन्।

एम्बुलेन्सबाट ९ घण्टा लामो यात्रा गर्नुपर्दा कतिपय बिरामीको बीच बाटोमै मृत्युसमेत हुने गरेको छ।

स्थानीय मोहन आलेले भने, “आपतलीन रूपमा बिरामी भएर विराटनगर जानुपरेमा अति समस्या छ, बस तथा एम्बुलेन्सको माध्यमबाट जाँदा कतिपयको बाटोमा नै ज्यान गएको अवस्था पनि छ, यसलाई जसरी पनि संचालन गर्न आवश्यक छ।”

यसअघि सातामा आइतबार, मंगलबार र बिहीबार गरी चार पटक उडान भर्दै आएको नेपाल वायुसेवा निगमले यात्रु संख्या घटेकाले केही समयका लागि उडान रद्द गरिएको नेपाल वायुसेवा निगम भोजपुरले जनाएको
छ ।

सर्वसाधारणको माग बढ्दै गएकाले उडान संचालनका लागि स्थानीय सरकार र जिल्लास्थित सरोकारवालासँग समन्वय गरी माथिल्लो निकायमा निवेदन गरिएको निगमका प्रमुख दिनेश सुन्दासले बताए।

उनले भने, “स्थानीयले नियमित उडानको माग गरिरहेकाले पुन: संचालनको पहल भइरहेको छ।”

जिल्लाको एकमात्र विमानस्थलबाट भोजपुरदेखि विराटनगर हवाई उडानलाई निरन्तता दिन स्थानीय, प्रदेश सरकारसँगै सरोकारवाला निकायले ध्यान दिनुपर्ने स्थानीयको भनाइ छ। रासस

" /> काठमाडौं। छ महीनादेखि भोजपुर-विराटनगर नियमित उडान बन्द हुँदा यात्रुले सास्ती खेपिरहेका छन्।

"> भोजपुर-विराटनगर उडान छ महीनादेखि बन्द: Dekhapadhi
भोजपुर-विराटनगर उडान छ महीनादेखि बन्द

प्रतिक्रिया दिनुहोस्