काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई दुर्घटनारहित सुरक्षित र मर्यादित बनाउन काठमाडौं उपत्यकामा होली विशेष सुरक्षा योजना लागू गरेको छ।
महाशाखाले विज्ञप्ति जारी गर्दै राजधानीको अधिकांश चोक, गल्ली तथा सडकमा ट्राफिक सुरक्षा जाँच कडा पारिने जनाएको छ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले भने- "मादक पदार्थ सेवन गरी जथाभावी सवारी चलाउने, मोटरसाइकलमा तीन जना राख्ने, तीब्र गतिमा चलाउने, जिकज्याक वा लापरवाहीका साथ सवारी चलाउने, हेल्मेट नलगाउने र ठूलो आवाज निकालेर मोटरसाइकल कुदाउनेलाई कारवाही गर्न विशेष जाँचको व्यवस्था मिलाएका छौं।
विभिन्न चोकहरूमा “सवारी तीव्र गतिमा नहाकौँ र मापसे गरी सवारी नचलाऔँ ।” लेखिएका प्लेकार्ड बोकेका ट्राफिक प्रहरी परिचालन गरिने बताइएको छ।
उपत्यकाका ७६ स्थानमा चेकिङ प्वाइन्ट र १४ वटा मोबाइल भ्यानहरूले गस्ती गर्दै मोवाईल चेकिङको व्यवस्था मिलाइएको ढकालले बताए।
त्यसका लागि नियमितबाहेक थप ५६६ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ।
" /> काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई दुर्घटनारहित सुरक्षित र मर्यादित बनाउन काठमाडौं उपत्यकामा होली विशेष सुरक्षा योजना लागू गरेको छ।महाशाखाले विज्ञप्ति जारी गर्दै राजधानीको अधिकांश चोक, गल्ली तथा सडकमा ट्राफिक सुरक्षा जाँच कडा पारिने जनाएको छ।

">