घाँस काट्न गएकी महिला मृत फेला
<p>डोटी। दिपायल सिलगढी नगरपालिका-९ कलेनामा एक महिला मृत फेला परेकी छन्।</p>
<p>जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले घरनजिकैको जंगलमा घाँस काट्न गएकी ४५ वर्षीया राजु कामी आइतबार साँझ मृतावस्थामा भेटिएको जानकारी दिनुभयो।</p>
<p>शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
