काभ्रेमा तोरीबारीमा एकजना मृत भेटिए
<p style="text-align:justify">बनेपा। काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-८ स्थित रोशीखोला नजिक तोरीबारीमा एक जना मृत फेला परेका छन्।</p>
<p style="text-align:justify">२५ फागुन साँझ फेला परेका ती व्यक्तिको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी<br />
दिए।</p>
<p style="text-align:justify">अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
