चितवन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट फर्किएपछि बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय कार्यान्वयन हुने बताएका छन्।
२५ फागुनको नेकपा चितवनको सचिवालय बैठकमा अध्यक्ष दाहालले शीर्ष नेताबीच देखिएको सामान्य मतभेदलाई लिएर विचलित नहुन कार्यकर्तालाई आग्रह गरे।
दाहालले भने, “हामीले एक मत भएर उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेका छौँ त्यो कार्यान्वयन हुनेछ त्यसमा दुई मत हुँदैन ।”
‘माथिका शीर्ष नेताबीच केही विषयमा मतमतान्तर भइरहन्छ, आज मत एक हुँदैन भोलि हुन्छ, त्यही कुरालाई लिएर तल्लो तहमा मत विभाजन भयो भने मिलाउन समस्या हुन्छ’, दाहालको भनाई उद्धृत गर्दै एक नेताले भने।
कार्यकर्तामा समस्या आएमा त्यसलाई जोड्न धेरै मेहनत गर्नुपर्ने भन्दै अध्यक्ष दाहालले ‘शीर्ष नेतृत्वमा के भयो भन्दा पनि हामी एक छौँ तपाईंहरुलाई हाम्रो यस्तो सुझाव छ’ भनेर सल्लाह दिन आग्रह गरेका छन्। रासस
" /> चितवन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट फर्किएपछि बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय कार्यान्वयन हुने बताएका छन्।२५ फागुनको नेकपा चितवनको सचिवालय बैठकमा अध्यक्ष दाहालले शीर्ष नेताबीच देखिएको सामान्य मतभेदलाई लिएर विचलित नहुन कार्यकर्तालाई आग्रह गरे।

">