काठमाडौं। म्यानचेस्टर युनाइटेडले एक दशकपछि पहिलो पटक शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीविरुद्ध प्रिमियर लिगको दुबै खेलमा विजयी नतिजा निकाल्न सफल भएको छ।
सर एलेक्स फर्गुसनले सन्यास लिएपछि युनाइटेडले सिटीविरुद्ध लिगमा दुबै खेल जितेको यो पहिलो पटक हो। पछिल्लो पटक युनाइटेडले २००९/१० को सिजन यस्तो नतिजा निकालेको थियो। जितसँगै युनाइटेडले शीर्ष चारमा रहेर अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई कायमै राखेको छ।
युनाइटेडले २९ खेलबाट ४५ अंक बनाएको छ। जुन चौथो स्थानको चेल्सीभन्दा तीन अंकले मात्र कम हो। सिटीको हारसँगै लिभरपुलको उपाधि यात्रा अझ बलियो बनेको छ। एक खेल बढी खेलेको लिभरपुलले सिटीलाई २५ अंकले पछाडी पारेको छ।
युनाइटेडले दुबै गोल सिटीका गोलकिपर इडर्सनको गल्तिमा गरेको थियो। ब्रुनो फर्नान्डेसको सुन्दर पासमा एन्थोनी मार्सियालले पहिलो ‘टच’ मै हानेको प्रहारलाई सिटीको गोलकिपर इडर्सनले फुत्काएका थिए। १९९३ मार्च र १९९६ अप्रिलको बीचमा इरिक कान्टोनापछि डर्बी खेलमा पहिलो रोजाईमा पर्दा लगातार तीन खेलमा गोल गर्ने मार्सियाल पहिलो खेलाडी बनेका छन्।
इन्जुरी समयमा स्कट म्याकटोमिनेले पनि इडर्सनकै गल्तिमा गोल गरेका थिए। इडर्सन अगाडी बढेर मिस पास दिँदा प्राप्त बललाई म्याकटोमीले खाली पोष्टमा सहजै गोल गर्न पाएका थिए।
जारी सिजन सिटी युनाइटेडसँग पराजित भएको यो तेस्रो पटक हो। लिगको पहिलो खेलमा २–० ले पराजित भएको सिटी एफए कपको दोस्रो लेगमा पनि १–० ले पराजित भएको थियो। तथापी पहिलो लेगमा ३–१ ले जितेका कारण सिटीले समग्रमा ३–२ को नतिजा निकाल्दै एफए कपमा विजय हासिल गरेको थियो।
यससँगै युनाइटेडको अपराजित यात्रा दश खेलसम्म लम्बिएको छ। ओले गनर सोल्सारको प्रशिक्षणमा युनाइटेड लामो समय अपराजित रहेको ११ खेलसम्म थियो। सिटीले अब बुधबार आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ भने युनाइेड युरोपा लिगका लागि अष्ट्रिया भ्रमणमा निस्कनेछ।