बझाङ। जयपृथ्वी नगरपालिका-९, रिठापाठा देवलमा रहेको बझाङ विमानस्थल कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा निर्माण भइरहेको विमानस्थलको कालोपत्र गर्ने काम चैतको अन्तिम साताभित्र सकेर वैशाखमा परीक्षण उडान गरिने भएको छ। अहिले विमानस्थलको धावनमार्ग ग्राभेल गर्ने काम सकिएको छ भने नालीको निर्माणको काम पनि सकिएको छ।
विमानस्थलको सम्पूर्ण काम सकिएपछि वैशाखमा परीक्षण उडान गर्ने नेपाल नागरिक उड्डयन कार्यालयका इन्जिनियर किरण थापाले बताए। २०७५ असारबाट सम्झौता भई कालोपत्र निर्माणको कामको जिम्मा अमर कन्सट्रक्सनले लिएको छ।
पटक-पटक विमानस्थल कालोपत्र गर्नुपर्ने र जहाज नियमित उडान गर्नुपर्ने भन्दै प्रतिनिधि सभामा बोल्दै आएकी सांसद् आशाकुमारी विकले आज विमानस्थलको कामको निरीक्षण गरेकी छन्। विमानस्थल सञ्चालन नहुँदा बझाङवासीले दुःख पाएको भन्दै सांसद विकले छिटाे निर्माण गर्न आग्रह गरे।
६३० मिटर लम्बाइ रहेको विमानस्थलको चौडाइ २० मिटर छ। २०३५ मा सञ्चालनमा आएको बझाङ विमानस्थल २०६५ सालबाट उडान बन्द भएको हो।
विमानस्थल कालोपत्र भई काम सम्पन्न भएपछि सुदूरपश्चिम प्रदेशको धनगढीदेखि बझाङ र बझाङदेखि धनगढी उडानका लागि नेपाल वायुसेवा, तारा, समिटलगायत एअरलाइन्ससँग समन्वय भइरहेको पनि सांसद् विककाे भनाइ छ।
" /> बझाङ। जयपृथ्वी नगरपालिका-९, रिठापाठा देवलमा रहेको बझाङ विमानस्थल कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा निर्माण भइरहेको विमानस्थलको कालोपत्र गर्ने काम चैतको अन्तिम साताभित्र सकेर वैशाखमा परीक्षण उडान गरिने भएको छ। अहिले विमानस्थलको धावनमार्ग ग्राभेल गर्ने काम सकिएको छ भने नालीको निर्माणको काम पनि सकिएको छ।

">