काठमाडौं। भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक अखिलेश अजादलाई हरेकजसो विद्यार्थीले सोध्छन्, “सर, हामी नयाँ भवनमा कहिले जाने ?”
विद्यालयमा आउने अभिभावकले पनि उनलाई यही प्रश्न सोध्छन्।
विद्यार्थी र अभिभावकको प्रश्नमा उनी निरुत्तर हुन्छन्। किनभने अखिलेशसँग यो प्रश्नमा दिने जवाफ छैन। भन्छन्, “यो प्रश्नमा हामी आफैं निरुत्तर छौँ। हामीसँग जवाफ नै छैन।”
२०७२ सालको भूकम्पबाट रानीपोखरीको पश्चिमपट्टि रहेको दरबार हाइस्कुलको भवन क्षतिग्रस्त बनेको थियो। भवन क्षतिग्रस्त हुनुअघि माथिल्लो तलामा भानु मावि र भूइँतलामा संस्कृत मावि सञ्चालनमा थिए। दुवै विद्यालयमा दिउँसो कक्षा हुन्थ्यो।
भूकम्पपछि दुवै विद्यालय प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठको हातामा ‘प्री-फ्याब’ले बनाएको टहरामा सारिए। अचेल त्यहाँ बिहान संस्कृत मावि र दिउँसो भानु माविका कक्षा सञ्चालन हुन्छन्। चिनियाँ सहयोग नियोगले ‘चाइना एड काठमान्डु दरबार हाइस्कुल भानु सेकेन्डरी स्कुल रि-कन्ट्रक्सन प्रोजेक्ट इन नेपाल’ अन्तर्गत काम थालेको थियो।
उक्त भवन निर्माणको काम सम्पन्न भइसकेको छ। रानीपोखरी अगाडिको भव्य भवन देखेर जो कोही दंग पर्छन्। शिक्षक, विद्यार्थी, अभिभावक सबै उक्त भवनमा जानको लागि उत्सुक छन्। तर, त्यहाँ कहिले सर्ने भन्नेमा अझै अन्योल छ।
 copy.jpg)
अन्योल किन त ? प्रधानाध्यापक अखिलेशका अनुसार फागुनको अन्तिम साता यो भवनमा विद्यालय सार्ने भनिएको थियो। तर, चीनमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विद्यालय सर्ने योजना धकेलिएको छ।
“प्रोजेक्ट म्यानेजरसँग कुरा गर्दा चीनबाट निरीक्षण टोली आउनुपर्ने, तर कोरोनाको कारण अहिले आएको छैन भन्छन्”, प्रधानाध्यापक अखिलेशले भने, “त्यो टोली आएर पास गरेपछि मात्रै चीनले नेपाल सरकारलाई यो भवन हस्तान्तरण गर्नेछ र विद्यालय सर्नेछ।”
दरबार स्कुल भत्किएपछि आफूहरूले निकै दुःख पाएको प्रधानाध्यापक अखिलेश बताउँछन्। “भूकम्पपछि हामीले धेरै दुःख पायौँ। रानीपोखरी अगाडिको भवनले रातो स्टिकर पाएको थियो। दुःख गरेर बस्यौँ। अभिभावकहरूले पनि सोध्थे- यस्तो भवनमा विद्यार्थीहरू कसरी पठाउने ?”, उनी सुनाउँछन्।
वाल्मीकि क्याम्पसको परिसरमा बनाइएको प्री-फ्याबको भवनमा आठवटा कोठा छन्। ती आठ कोठा अपर्याप्त भएर नै संस्कृतले बिहान र भानुले दिउँसो कक्षा चलाउन थालेको पनि चार वर्ष भइसक्यो। बाहिर पानी आयो भने भित्र आवाज आएर कक्षा नै बिथोलिन्छ। त्यसैले पनि विद्यार्थी, अभिभावक रानीपोखरी अगाडि बनेको भव्य विद्यालयमा जान उत्सुक छन्।
नयाँ भवन, नयाँ योजना
आफ्नै भवनमा कक्षा सञ्चालन गर्न नपाउँदा दरबार स्कुल भवनमा रहेको दुवै विद्यालयको विद्यार्थी संख्या नै घट्यो। भूकम्पअघि भानु माविमा ३०० भन्दा बढी विद्यार्थी थिए। वाल्मीकिमा सरेपछि यो संख्या १५० मा झर्यो। त्यहाँका शिक्षक माधव लामिछानेका अनुसार संस्कृतमा पनि विद्यार्थीको संख्या ह्वात्तै घटेको छ। उनका अनुसार अहिले कक्षा ६ देखि १२ सम्म सञ्चालन भइरहेको विद्यालयमा २२० जति विद्यार्थी छन्।
रानीपोखरी सामुन्ने नयाँ बनेको भवनमा जाने भएपछि उनीहरूले नयाँ योजना बनाएका छन्। भवनमा ४० वटा कक्षा छन्। २० वटा संस्कृत र २० वटा भानुलाई बाँडिनेछ। ती विद्यालयमा प्रवेश परीक्षा लिएर मात्र विद्यार्थी भर्ना गरिने योजना छ।
विद्यालय भवन मात्र नयाँ बनेको छैन, शैक्षिक वातावरण नै नयाँ बनाउने गरी तयारी भएको प्रधानाध्यापक अखिलेश बताउँछन्। उनका अनुसार साइन्स ल्याब, कम्प्युटर ल्याब, लाइब्रेरी, अडिओ–भिडिओ कक्षा, अडिटोरियम छन्। अहिले नै भर्नाका लागि विद्यार्थीको अनुरोध आएको उनी बताउँछन्।
 copy.jpg)
“विद्यालयको भौतिक पूर्वाधारले पनि विद्यार्थी र अभिभावकको मानसिकतामा फरक पार्दाे रहेछ”, अखिलेश भन्छन्, “रानीपोखरीअगाडि नयाँ भव्य भवन बनेपछि अर्काे सत्रको लागि अहिलेदेखि नै सयभन्दा बढी अभिभावकहरू बच्चाको नाम लेखाउन आइसके।”
उनीहरू एउटा कक्षामा ३६ जना विद्यार्थी र एउटा विद्यालयमा ४०० सम्म विद्यार्थी राख्ने तयारीमा छन्। नयाँ भवनमा सरेपछि बिहान र दिउँसो गरेर पढाउनुपर्ने बाध्यता पनि हट्नेछ।
शिक्षक माधव लामिछानेका अनुसार अहिले विद्यार्थीहरू संस्कृतसँगै आधुनिक शिक्षा पनि पढ्न पाउँछन्। “पहिले अन्य विषय थिएन, तर अहिले संस्कृत मात्रै पढाइ हुन्न। यहाँ अंग्रेजी, विज्ञान, गणित पनि पढाइ हुन्छ,” उनले भने, “थोरै शुल्कमा विद्यार्थीहरू पढ्न पाउँछन्। राम्रो पढे छात्रवृति र छात्रावासको समेत व्यवस्था छ।”
संस्कृतलाई पूजापाठ र कर्मकाण्ड गर्ने विषय भन्ने मात्रै सोच्ने गरेकोमा उनले गुनासो पोखे। भने, “लोकसेवा पास गरेका, शिक्षा क्षेत्रमै लागेका व्यक्तिले पनि नबुझेको अवस्था छ।”
 copy.jpg)
गर्विलो इतिहास
१९१० सालमा खोलिएको दरबार हाइस्कुल देशकै पहिलो शिक्षालय हो। ‘जनताका छोरा पनि पढून्’ भन्दै १९३४ मा श्री ३ प्रधानमन्त्री रणोद्दीप सिंहले रानीपोखरीको पश्चिमपट्टि दुईतले घर बनाई माथि दरबार स्कूल र तल रानीपोखरी संस्कृत पाठशाला स्थापना गरेका थिए। रानीपोखरी पश्चिमतर्फ १९४८ सालमा करीब १० रोपनी क्षेत्रफलमा विद्यालय भवन निर्माण भएपछि स्थायी बनेको थियो। शुरूमा संस्कृत प्रधान पाठशाला, संस्कृत प्रधान मावि र अहिले संस्कृत मावि नाम राखिएको हो। राष्ट्रकवि माधवप्रसाद घिमिरे, इतिहासविद् नयनराज पन्त, साहित्यकार प्रा.डा.कुमारबहादुर जोशीलगायत धरोहरहरू यही संस्कृत पाठशालाको उत्पादन हुन्।
संस्कृत माविका प्रधानाध्यापक बद्रि दाहालका अनुसार प्रजातन्त्र प्राप्तिका लागि भएका शुरुआती आन्दोलनहरू त्यही विद्यालयबाट शुरू भएका थिए। ‘जनताले अन्य विषय पनि पढ्न पाउनुपर्छ, सोसल स्टडी पढ्न पाउनुपर्छ’ भनेर २००४ सालमा यहाँका विद्यार्थीहरूले राणाविरोधी आन्दोलन पनि यहीँबाट शुरू गरेका थिए। त्यतिबेला विद्यार्थीलाई चारपाटे काटेर, सुंगुरको पाठो बोकाएर चार भञ्ज्याङ कटाएका थिए। भोकभोकै जेलमा राखेर यातना दिएका थिए। प्रजातन्त्रको उदय भएपछि यो विद्यालयमा अन्य विषय पनि थपिएको उनले जनाए।
" /> काठमाडौं। भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक अखिलेश अजादलाई हरेकजसो विद्यार्थीले सोध्छन्, “सर, हामी नयाँ भवनमा कहिले जाने ?”विद्यालयमा आउने अभिभावकले पनि उनलाई यही प्रश्न सोध्छन्।

">